भक्तपुर – नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष पदका लागि भएको निर्वाचनमा ओलीले प्रतिस्पर्धीलाई पछि पार्दै निर्णायक विजय हासिल गर्नुभयो ।
पार्टीभित्र संगठन सुदृढीकरण, राजनीतिक स्थायित्व र आगामी निर्वाचनमा एमालेको भूमिकालाई अझ प्रभावकारी बनाउने आफ्नो प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । नव–निर्वाचित अध्यक्ष ओलीले महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिँदै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले एमाले देशको समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका पक्षमा दृढतापूर्वक उभिने स्पष्ट गर्नुभयो ।
तेस्रो कार्यकालसँगै ओलीको नेतृत्वमा नेकपा एमाले ले आगामी दिनमा राजनीतिक एजेन्डा र संगठनात्मक रणनीति कसरी अघि बढाउँछ भन्ने विषय चासोको केन्द्र बनेको छ । पूर्वमहा सचिवसमेत रहनुभएका ईश्वर पोखरेलले भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको हो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com