भक्तपुर- हुम्ला जिल्लाकोसर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छ । आगलागीबाट पाँच घर जलेको स्थानीय विजय फडेराले जानकारी दिए।फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । आगोमा परेर दुवैजनाको शरीर निकै जलेको छ । घाइते दुवैजनालाई थप उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ ।
“आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेराको घर जलेको अवस्थामा छन् भने रमेश महतारा, मोहन महताराको सामान जलेर नष्ट भएका छन् । कति क्षति भएको भन्ने यकिन विवरण अहिलेसम्म आएको छैन”, आगलागी नियन्त्रणमा खटिएका विजय फडेराले नेपालवोटसँग भने, “राति आगलागी भएका कारण नियन्त्रणमा निकै समय लाग्यो ।”
रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा अहिले बिहान २ः३० बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिए । अगालागीको जानकारी पाउनेबित्तिकै सर्केगाड प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
“सर्केगाड प्रहरीचौकीबाट खटिएको टोली आगो नियन्त्रणमै लागेकाले क्षतिको विवरण यकिन गर्न सकिएको छैन”, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले भने, “घटनामा घाइते भएका दुई जनालाई सिमकोट ल््याउने काम भइरहेको छ भने अहिले आगो पनि नियन्त्रणमा ल्याइएको छ ।”
घटनास्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सिनालगायतको टोली उद्धार र राहत सामग्रीसहित पुगेको बताइएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com