भक्तपुर – सुनसरी जिल्लामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मुत्यु भएको छ बिहीबार बिहानको राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।
उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए । घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । उनलाई दुई राउण्ड गोली लागेको छ । घटनापछि स्थानीयवासीहरूले सुरक्षाकर्मीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै बजार बन्द गराएका छन् भने दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन्। स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सुरक्षा निकायका अनुसार अवस्था नियन्त्रणमा लिने प्रयास जारी छ र घटनाको विषयमा छानबिन सुरु गरिएको छ। तनावका कारण लौकही बजार क्षेत्रमा पसलहरू बन्द रहेका छन् भने आवागमन समेत प्रभावित भएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com