भक्तपुर – वीरगञ्ज महानगर क्षेत्रमा जारी कफ्र्युको समय आज बेलुकी ६ बजेसम्म लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य हुन नसकेको भन्दै कफ्र्युको अवधि थप गरिएको जानकारी दिएको छ। प्रशासनका अनुसार सम्भावित अप्रिय घटना रोक्न र शान्ति–सुरक्षा कायम राख्न कफ्र्यु लम्ब्याउने निर्णय गरिएको हो।
वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा; पश्चिममा सिर्सिया नदी; उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।यसैबीच प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
सङ्घीय सरकार, मधेश प्रदेश सरकार, विभिन्न आयोग तथा सङ्घ–संस्थाले पनि सामाजिक सद्भाव बिथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् । कफ्र्यु अवधिभर अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधिमा प्रतिबन्ध रहनेछ। सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ भने स्थानीयवासीलाई प्रशासनले संयमित रहन र आदेशको पालना गर्न आग्रह गरेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com