भक्तपुर — केही दिनदेखि जारी तनाव र कफ्र्युका कारण प्रभावित भएको वीरगञ्जको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।
। दुई फरक समुदायबीच उत्पन्न तनावका कारण केही दिनदेखि अशान्त बनेको पर्साको वीरगञ्जमा हिन्दू–मुस्लिम समुदायका अगुवा र जिल्लामा क्रियाशील राजनीतिक दलबीच पाँच बुँदे सहमति भएपछि जनजीवन सामान्य बन्न थालेको हो ।
वीरगञ्ज क्षेत्रमा तनाव ग्रस्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कफ्र्यू आदेशका कारण अस्ति र हिजो वीरगञ्जमा जनजीवन प्रभावित भएको थियो ।अवस्था सुधार हुँदै गएपछि बजार–व्यवसाय खुल्न थालेका छन् । भने सवारी आवागमन पनि आंशिक रूपमा सञ्चालनमा आएको छ ।
सुरक्षा निकायको सक्रियता र प्रशासनको पहलपछि क्षेत्रमा शान्ति कायम हुँदै गएको स्थानीय प्रशासनले जनाएको छ । विद्यालय, बैंक तथा वित्तीय संस्था क्रमशः सञ्चालनमा आउन थालेका छन्।
स्थानीयवासीले स्थिति सामान्य बन्दै गएको भन्दै राहत महसुस गरेका छन्। यद्यपि, सुरक्षा सतर्कता भने अझै कायमै राखिएको प्रशासनको भनाइ छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com