• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २५, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • २आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ३बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ४इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ५सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ६फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ७प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ८‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ९काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • १०अण्डा अड्किएर एक जनाको मृत्यु
  • ११वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १२केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १३बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १४४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १५दुर्गा प्रसाईं पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का


उज्यालो समाचार January 22, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

तिर्थ नेपालि
भक्तपुर-नरेन्द्र बहादुर खड्काको जीवन यात्रा
सुदूरपश्चिमका पहाडी जिल्लाहरूले भोग्दै आएको संघर्ष, अवसरको अभाव र स्वाभिमानको कथा हो। वि.सं. २०२९ साल माघ १५ गते डोटी जिल्ला पूर्विचौकी गाउँपालिका–३ गैरागाउँ डुङ्ग्रीमा जन्मिएका खड्काको बाल्यकाल सहज थिएन। उनले कक्षा १ देखि ३ सम्मको प्रारम्भिक शिक्षा चैकोट निम्न माध्यमिक विद्यालय, डुङ्ग्रीबाट हासिल गरे भने कक्षा ४ देखि ७ सम्म श्री जनता जनार्दन माध्यमिक विद्यालय, भल्मा–डौडबाट उत्तीर्ण गरे। रोजगारीका सिलसिलामा उनका बुवा भारतको मुम्बई पुगेपछि खड्काको जीवनले नयाँ मोड लियो। परिवारसँगै भारत पुगेका उनले कक्षा ८ देखि १२ सम्मको अध्ययन मुम्बईमै पूरा गरे। बुवाले चौकीदारी गरेर परिवार धानेको कठिन परिवेशमै हुर्किएका खड्का कर्मस विषय लिएर अध्ययनरत रहँदा आत्मनिर्भरता, अनुशासन र संघर्षशीलता उनको स्वभाव बन्यो।

विदेशमा रहँदा पनि जन्मभूमिप्रतिको प्रेमले उनलाई तानिरह्यो। अध्ययनपछि स्वदेश फर्किएका खड्काले गाउँको यथार्थ नजिकबाट देखे—शिक्षा, स्वास्थ्य, बेरोजगारी र भौगोलिक विकटताका कारण जीवन अत्यन्त कठिन थियो। नुनतेलजस्ता दैनिक आवश्यकताका लागि पनि हप्तौँ लगाएर हाट जानुपर्ने बाध्यता आम थियो।जे होस् बुवाको भारतको आम्दानीले जेनतेन खड्काले डोटी बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भएर अध्ययन थाले। तीन वर्ष अध्ययन गरे पनि विविध कारणले अन्तिम वर्षको परीक्षा दिन सकेनन्। औपचारिक शिक्षा अधुरै रहँदा पनि उनले समाज र जीवनको व्यावहारिक शिक्षा भने निरन्तर सिकिरहे।

त्यसैले २०५३ सालदेखि २०६१ सालसम्म उनी जोशी गाउँस्थित दुर्गा माध्यमिक विद्यालयमा शिक्षक बने। कक्षाकोठाभित्र सीमित नभई समाजसँग जोडिन थालेका उनी सोही समयमा युवा क्लबको अध्यक्ष बनेर विभिन्न सामाजिक कार्यमा अग्रसर भए।२०५८ साल पुस ३ गते खड्काले जीवनको अर्को मोड रोज्दै सदरमुकाम सिलगढी पुगे। एक वर्षको बसाइपछि २०५९ सालदेखि उनी व्यापार डोटेलीबासीको सहजता र आर्थिक उपार्जनका लागि व्यवसाय क्षेत्रमा सक्रिय भए। यसले उनलाई स्थानीय अर्थतन्त्र, रोजगारीको अभाव र उद्यमशीलताका चुनौती नजिकबाट बुझ्ने अवसर दियो।

यही अनुभवले उनलाई संगठित नेतृत्वतर्फ डोर्‍यायो। वि.सं २०६६ सालदेखि डोटी उद्योग वाणिज्य संघमा आबद्ध हुँदै उनले दुई कार्यकाल महासचिव र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाले। यस अवधिमा उनले स्थानीय व्यवसायीका समस्या, उत्पादन संरक्षण, रोजगारी सिर्जना र युवाको क्षमता विकासलाई प्राथमिकताका साथ हेरे । व्यवसाय र संगठनात्मक भूमिकासँगै खड्काले अन्तर्राष्ट्रिय अनुभवसमेत आर्जन गरे। उद्योग, पर्यटन र व्यवस्थापनका अभ्यास बुझ्न उनले चीन, थाइल्यान्ड र काजाकिस्तानको भ्रमण गर्ने अवसर पाए। ती भ्रमणले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको ब्रान्डिङ, खेलकुद व्यवस्थापन र क्षेत्रीय विकासबारे उनको दृष्टिकोणलाई अझ व्यापक बनाएको उनी बताउँछन्।

खड्काको योगदान व्यापारिक क्षेत्रमै सीमित रहेन । डोटी, अछाम बाजुरा र बझाङको संगममा रहेको सुदूरपश्चिमको ‘भू–स्वर्ग’ भनेर चिनिने खप्तड राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्यटन प्रवद्र्धनमा उनी निरन्तर खटिए । खप्तड म्याराथुनजस्ता ऐतिहासिक खेलकुद कार्यक्रमको आयोजना र प्रचारप्रसारमा उनले घाम–पानी नभनी गरेको मेहनतले उनलाई डोटेली युवाको मनको ढुकढुकी रुपमा स्थापित गर्यो । जिल्लामा “जहाँ खेलकुद, त्यहाँ नरेन्द्र खड्का” भन्ने भनाइ स्थापित हुनु त्यसैको परिणाम हो।

उनको राजनीतिक पहिचान २०७४ सालको सुदूरपश्चिम प्रदेश राजधानी आन्दोलनसँग गहिरो रूपमा जोडिएको छ। तत्कालीन सरकारले अस्थायी राजधानी कैलालीको धनगढी तोकेपछि डोटीमा व्यापक असन्तोष फैलियो। त्यसअघि नेपाली काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिका रूपमा सक्रिय रहेका खड्काले डोटेली जनताको विश्वासमाथि कुठाराघात भएको ठानेपछि पार्टीगत सीमाभन्दा माथि उठेर राजधानी खोस्ने निर्णयविरुद्ध उभिने अडान लिए। यही क्रममा उनले खुकुरी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा होमिएका थिए ।डोटी राजधानी आन्दोलनको नेतृत्व राजधानी संघर्ष समितिमार्फत नरेन्द्र खड्काले गरे। ६४ दिनसम्म चलेको आन्दोलन उनले शान्तिपूर्ण र व्यवस्थित ढंगले अगाडि बढाए, जहाँ कुनै अप्रिय घटना हुन दिएनन्। आन्दोलन तत्काल सफल नभए पनि यसले पहाड–तराईबीचको विकास असन्तुलनलाई राष्ट्रिय बहसको केन्द्रमा पुर्‍यायो।

यस्तै अन्याय, विभेद र असमानताविरुद्ध स्पष्ट र तीखो आवाज उठाउँदै आएका खड्काले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरे। सीमित साधन, संगठन र स्रोत हुँदाहुँदै पनि करिब ७ हजार मत प्राप्त गर्नु उनको राजनीतिक लोकप्रियता र जनविश्वासको प्रमाण बन्यो। यो मत परिणाम केवल अंक मात्र होइन, इमानदार, स्पष्ट धारणा र स्वाभिमानी नेतृत्वप्रति डोटेली सचेत नागरिकहरूले देखाएको भरोसा थियो। २०८२ सालदेखि नरेन्द्र खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको उपसभापतिको जिम्मेवारीमा छन्। पार्टी संगठन विस्तारसँगै उनी डोटीका जनताको माग, रोजगारी, स्थानीय उत्पादन संरक्षण र समान विकासका लागि निरन्तर संघर्षरत छन्। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उनले रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ लिएर उम्मेदवारी दिएका छन्।

“मलाई पदको लोभ छैन, डोटीको माटोको न्याय चाहिएको हो,” खड्का भन्छन्। प्रदेशको राजधानी कम्तीमा पनि पहाडी भूभागमै हुनुपर्छ भन्ने अडान, तराई केन्द्रित विकास मोडलको आलोचना र प्रदेश संरचनामा सुधारको बहसमा उनी स्पष्ट छन्। व्यक्तिगत लाभभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिने स्वभावले उनलाई परम्परागत राजनीतिभन्दा फरक धारको प्रतिनिधिका रूपमा स्थापित गरेको छ।

डोटीको स्वाभिमान, पहाडको अधिकार, आर्थिक आत्मनिर्भरता र सुशासनको पक्षमा निरन्तर उभिँदै आएका नरेन्द्र बहादुर खड्काको राजनीतिक यात्रा जित–हारभन्दा पनि मुद्दा स्थापनाको संघर्ष हो। यही निरन्तर संघर्षले उनलाई डोटेली जनताको आँखामा आशा, भरोसा र वैकल्पिक नेतृत्वको प्रतीक बनाएको छ।

सम्बन्धित पोस्ट
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑