तिर्थ नेपाली
भक्तपुर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का नेता तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रधानमन्त्री पदका उम्मेदवार बालेन शाह यतिखेर तीव्र देश दौडाहामा व्यस्त छन्।शाह मंगलबार मात्रै सुदूरपश्चिम प्रदेश पुगेका हुन्। दुई दिनको अवधिमा उनले सुदूरपश्चिमका १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पुगेर पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका छन्।
मंगलबार उनले कैलाली र कञ्चनपुरका आठ वटा निर्वाचन क्षेत्रमा कार्यक्रम गरे भने बुधबार सुदूरपश्चिमका पहाडी जिल्लाका चार निर्वाचन क्षेत्रमा पुगे। बुधबार उनले डडेल्धुरा, बैतडी, दार्चुला र बझाङ जिल्लामा एक–एक निर्वाचन क्षेत्रमा पुगेर भेटघाट गरेका थिए।बुधबार बिहान डडेल्धुरा पुगेका शाहले पार्टी कार्यालय तुफान डाँडामा पुगेर त्यहाँ उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग छलफल गरेका थिए। सोही दिन उनले सामाजिक सञ्जाल फेसबुकमा “सुदूर अब दुर छैन, झिक्कै माया तमीलाई” भन्ने स्टाटस लेखेका थिए, जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
यसैबीच, बिहीबार डोटी जिल्लामा पुग्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि बझाङ जिल्लामा अत्यधिक हिमपात परेका कारण शाह डोटी नजाने भएका छन्।रास्वपा पूर्विचौकी गाउँपालिका संयोजक टेकबहादुर रावलका अनुसार, सुदूरपश्चिमको मौसमी अवस्थाका कारण शाह आज सदरमुकाम चैनपुरमा बिहान ७:३० बजे रास्वपाका नेता कार्यक्रताहरु संग भेटघाट गर्ने र त्यही बाट बाजुराको सदरमुकाम मार्तडी बिहान ११ :३० बजे १२:१५ बजे साँफेबगर अछाम २:१५ मंगलसैन अछाममा पुग्ने र त्यहाँ शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
तर अहिले सम्म डोटी जिल्लाको तालिकाको सार्वजनिक भएको छैन तर सकेसम्म आज साँझ अछाम हुँदै डोटी पुग्ने त्यसपछि डोटी हुँदै काठमाडौं फर्किने तयारी रहेको उनले उज्यालो समाचारलाई बताए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com