• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १५, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने
  • २बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ
  • ३सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • ४राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने
  • ५सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर
  • ६सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • ७काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • ८सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • ९निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • १०सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • ११विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • १२मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का
  • १३घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड
  • १४रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा
  • १५युवराज सफल पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे


उज्यालो समाचार January 29, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रधानमन्त्री पदका उम्मेदवार बालेन शाह यतिखेर तीव्र देश दौडाहामा छन्। परम्परागत दलहरूको बलियो पकड मानिने सुदूरपश्चिम प्रदेशमा उनको पछिल्लो भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

दुई दिने सुदूरपश्चिम भ्रमणका क्रममा शाहले १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पुगेर पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेका छन्। मंगलबार सुदूरपश्चिम पुगेका उनले कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमा कार्यक्रम गरे भने बुधबार पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा एक–एक निर्वाचन क्षेत्रमा पुगेर भेटघाट गरे।

बुधबार बिहान डडेल्धुरा पुगेका शाहले पार्टी कार्यालय तुफान डाँडामा स्थानीय नेता–कार्यकर्तासँग छलफल गर्दै सुदूरपश्चिमका समस्या, विकासको सम्भावना र वैकल्पिक राजनीतिको आवश्यकता विषयमा धारणा राखेका थिए। छलफलका क्रममा उनले राज्यको नजरबाट सधैं उपेक्षित बनेको सुदूरपश्चिम अब राष्ट्रिय राजनीतिमा केन्द्रमा ल्याउनुपर्ने बताएका थिए।

भ्रमणकै क्रममा शाहले सामाजिक सञ्जाल फेसबुकमा “सुदूर अब दुर छैन, झिक्कै माया तमीलाई” भन्ने स्टाटस लेखेका थिए। स्थानीय भाषाशैली मिसिएको उक्त अभिव्यक्ति छोटो समयमै भाइरल बन्दै सुदूरपश्चिमप्रतिको भावनात्मक सम्बन्ध र राजनीतिक सन्देशका रूपमा व्याख्या गरिएको छ।

यसैबीच, बिहीबार पनि शाहले सुदूरपश्चिम भ्रमणलाई निरन्तरता दिएका छन्। बझाङ, बाजुराको सदरमुकाम मार्तडी, अछामको मंगलसेन र साँफेबगर हुँदै डोटी जिल्लामा पुगेर उनले शुभेच्छुकहरूसँग भेटघाट गरेका फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्। ती दृश्यहरूले ग्रामीण क्षेत्रमा समेत रास्वपाप्रति बढ्दो चासो देखाएको टिप्पणी भइरहेको छ।

रास्वपा डोटी जिल्लाको पूर्विचौकी गाउँपालिका संयोजक टेक रावलका अनुसार शाह आज साँझ डोटी हुँदै काठमाडौं फर्किने तयारीमा छन्। उनले उज्यालो समाचारसँग कुरा गर्दै सुदूरपश्चिममा पार्टीप्रति अपेक्षाभन्दा बढी उत्साह देखिएको बताए। “जनताले विकल्प खोजिरहेका छन्, त्यो भावना स्पष्ट रूपमा भेटघाटमा देखियो,” रावलले भने।

सुदूरपश्चिममा बालेन शाहको सक्रिय उपस्थिति रास्वपाले राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिक प्रयासको हिस्सा हो। निर्वाचन नजिकिँदै जाँदा यस्ता दौडाहाले सुदूरपश्चिमको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।

सम्बन्धित पोस्ट
  • अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने
  • बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ
  • राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने
  • सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने

    बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ

    सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने

    सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर

    सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे

    काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    उज्यालो समाचार

    अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने

    बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ

    सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने

    सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑