भक्तपुर-राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै सुदूरपश्चिमको भ्रमणमा रहेका एक युवा अछाममा बिरामी परेपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । शाहसँगै सुदूरपश्चिम भ्रमणमा रहेका नुवाकोटका ४३ वर्षीय दिनेश सिटौला शुक्रबार बिहान पौने १० बजेतिर एकाएक लडेका थिए। उनी चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष समेत हुन्।
अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रसाद खनालका अनुसार गाडीबाट ओर्लने क्रममा बिहान सिटौला एकाएक लडेर बेहोस भएका थिए। डिएसपी खनालका अनुसार सिटौलाको देखिने गरी कुनै चोट पटक छैन।‘यसो हेर्दा मलाई हृदयघात जस्तो लाग्यो,’ डिएसपी खनालले भने, ‘बिरामीलाई अछाम जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको हो।’
चुनावी माहोल बनाउन रास्वपाका वरिष्ठ नेता केही दिन पहिले मात्रै पहिलो पटक सुदूरपश्चिमको भ्रमणमा टिमसहित पुगेका थिए।
बिरामी सिटौलालाई नेपाली सेनाको हेलिकोप्टरलाई उद्धार गरी काठमाडौं ल्याएक प्रहरीले जानकारी दिएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com