भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह (बालेन)कर्णाली प्रदेश पुगेका छन्। सुदूरपश्चिम प्रदेशको भ्रमण सकेर शुक्रबार डोटी र अछाम हुँदै उनी कर्णाली प्रदेश पुगेका हुन्।बालेन शुक्रबार साँझतिर कर्णाली प्रदेशको कालिकोट पुगेका थिए। कालिकोटको भ्रमणपछि फर्किने क्रममा उनले कर्णालीको भूगोल पृष्ठभूमिमा खिचिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
उक्त तस्बिरको क्याप्सनमा बालेनले खस भाषामा लेखेका छन्—“कर्नालीका सुइना, अब हाम्मा सुइना”खस भाषामा लेखिएको उक्त वाक्यको अर्थ “कर्णालीका सपना अब हाम्रा सपना” भन्ने हुन्छ।बालेनको यो सन्देशलाई कर्णालीप्रति प्रतिबद्धता र साझा विकासको भावनाका रूपमा हेरिएको छ।
सामाजिक सञ्जालमा उनको उक्त अभिव्यक्तिलाई धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्। खस भाषाको प्रयोगमार्फत बालेनले स्थानीय पहिचान, भावना र आत्मसम्मानलाई जोड दिएको विश्लेषण गरिएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com