
भक्तपुर — चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले ब्रेन हेमरेज भएपछि गम्भीर अवस्थामा ग्राण्डी अस्पतालमा भर्ना भएका सिटौलाको उपचारका क्रममा निधन भएको हो ।आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ः४५ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ ।
अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टर मार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौंको ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
सिटौला केही दिनदेखि अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भेन्टिलेटरको सहायतामा उपचाररत थिए। चिकित्सकको अथक प्रयासका बाबजुद उनको ज्यान गएको बताएका छन् । ४३ वर्षीय सिटौला नेपाली चलचित्र पत्रकारितामा सक्रिय रहँदै आएका थिए। उनको निधनप्रति पत्रकारिता, चलचित्र क्षेत्र तथा विभिन्न राजनीतिक–सामाजिक व्यक्तित्वहरूले शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। स्व. सिटौलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com