
भक्तपुर- बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।
डडेल्धुरा अस्पतालमा उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बझाङको बित्थडचीर गाउँपालिका –७ का १७ बर्षीय बिसनदत्त जोशी, २८ बर्षीय दिपकराज जोशी, ४६ बर्षीय किसनदत्त जोशी, बझाङको केदारस्युँ गाउँपालिका ६ का २७ बर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौंडी ७ का १४ बर्षीय सुशील जोशीको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअघि ६ जनाको घटनास्थलमै र दुई जनाको कोटिला स्वास्थ्यचौकीमा मृत्यु भएको थियो । मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का ४० बर्षीय केशवराज जोशी, सोही ठाउँका १३ बर्षीय अशोकराज जोशी, ३५ बर्षीय वसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी, बझाङको केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका ७ का ४० बर्षीय वसन्तराज रतला र बैतडीको पुर्चौंडी नगरपालिका ७ की ४० बर्षीया पुष्पा अवस्थी रहेका छन् ।
बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो । बस सडकबाट करीब १५० मिटर तल खसेको छ ।
दुर्घटनामा परी घाइते भएका २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते पाँच जनाको धनगढीमा उपचार भइरहेको छ । सामान्य घाइते भएका चार जनाको देउलेक प्राथमिक स्वास्थ्य केन्द्र बझाङमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेकाहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्धार गरेका थिए । दुर्घटनाको एकीन कारण खुल्न नसकेको भएपनि उकालोमा अत्यधिक भारका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा सामान्य घाइते भएका बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका –७ का विरेन्द्र बुढालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बडूले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बेहुलाबेहुली अर्को जिपमा रहेकाले सकुशल रहेका प्रहरीले जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com