
भक्तपुर-सप्तरीको रुपनी गाउँपालिका–६, दुधैला खोलामा आज शङ्कास्पद वस्तु विस्फोट हुँदा चार बालक घाइते भएका छन्।वनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको खेलौनाजस्तो वस्तुलाई चुल्हो नजिकै राखेकामा उक्त वस्तु अचानक विस्फोट भएको प्रहरीले जनाएको छ।उनीहरू विष्फोटपछिको छर्रा लागेर घाइते भएका हुन्। घाइते हुनेमा रुपनी गाउँपालिका–६ का ११ वर्षीय साहस मगर, ९ वर्षीय प्राशिस थापा मगर, १६ वर्षीय कविर थापा मगर र १३ वर्षीय छोरा सुरज विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले उक्त वस्तु बम भएको आशंका गरिएको बताउँदै अहिले अनुसन्धान भइरहेको जानकारी दिए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com