
काठमाडौं – नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको बताउनु भएको छ ।
सोमबार आज चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले शाह र ओलीलाई लक्षित गर्दै एक जना बोलेको बोलई गर्ने र अर्को बोल्दै नबोल्ने खालको रहेको भन्दै धेरै बोल्ने र बोल्दै नबोल्नेबाट देश चल्न नसक्ने बताउनुभयो ।
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्नुपर्ने उहाँको भनाइ छ । उहाँले काँग्रेस सभापति गगनकुमार थापालाई ‘तौलेर बोल्ने’ नेताको रूपमा प्रश्तुत पनि गर्नुभयो । अहिलेको बहस वडा अध्यक्षको नभई प्रधानमन्त्रीको भएको भन्दै उहाँले झोक चल्यो भने घर जलाईदिन्छु भन्न अभिव्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नहुने टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको एक जना उम्मेदवार हुनुहुन्छ बोलेको बोलेई, घोचेको घोचेई गर्ने, अर्को प्रधानमन्त्री हुनुहुन्छ एकछिन बोलेजस्तो गर्नुहुन्छ, मौन धारण । एउटा धेरै बोल्ने, अर्को बोल्दाबोल्दै हराईहाल्ने । देशको प्रधानमन्त्री धेरै बोल्नेबाट पनि चल्दैन । बोल्दै नबोल्नेबाट पनि चल्दैन । देशको प्रधानमन्त्री ठिक्क बोल्नेबाट मात्रै चल्छ । गगन थापा त्यही कुराको तौलेर बोल्ने व्यक्तिको रुपमा हुुनुहुन्छ । यहाँ प्रश्न वडा अध्यक्षको होइन प्रधानमन्त्रीको छ । झोक चल्यो भने घर जलाइदिन्छु भनेको छ ।
यस्तै झोक चल्यो भने सोच्नुस् त नेपालको प्रधानमन्त्री चयन भइसकेपछाडि फ्रान्सका मान्छेहरुले प्रधानमन्त्री को अरे भन्दै गर्दा त फ्रान्स र नेपालको सम्बन्धको व्याख्या गर्न सक्ने हुनुपर्यो नि । संयुक्त राष्ट्र संघको मञ्चमा बसेर कसले नेपालको प्रतिनिधित्व गर्नसक्छ एकचोटि सोच्नुस् त ।’
उहाँले जेन–जी आन्दोलनको क्रममा सरकारमा रहँदा पार्टीबाट भएका कमजोरीहरुको जिम्मा लिन आफूहरु तयार रहेको पनि बताउनुभयो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com