• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ कार्तिक १९, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • २पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।
  • ३बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • ४गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।
  • ५बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।
  • ६मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।
  • ७राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।
  • ८सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।
  • ९आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • १०जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।
  • ११मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।
  • १२आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।
  • १३जेनजी आन्दोलनका क्रममा फरार थुनुवा ललितपुरबाट पक्राउ ।
  • १४काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।
  • १५नेपालले वेस्ट इन्डिजलाई हरायो, टी–२० शृङ्खलामा ऐतिहासिक सफलता ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

संसदीय चुनावका लागि ११६ दल योग्य


उज्यालो समाचार August 6, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । मंसिर ४ मा हुने निर्वाचनमा भाग लिन चाहने दलले आयोगमा पुनः दर्ता गर्नुपर्ने हुन्छ । दल दर्ताका लागि आयोगले साउन ३१ सम्मको समय तोकेको छ । आयोगमा बिहीबारसम्म १ सय १६ दल दर्ता भएका छन् ।
स्थानीय तह निर्वाचनपछि चारवटा दल थपिएका छन् । आयोगमा दर्ता भएका सबै दलले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको निर्वाचनमा भाग लिन आयोगमा फेरि नाम दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा २७१ अनुसार निर्वाचनमा मान्यता प्राप्त गर्नका लागि दल दर्ता गर्नुपर्ने प्रावधान छ ।

गठबन्धन गरेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने दलको तर्फबाट उम्मेदवारी दिँदा त्यस्तो उम्मेदवार कुन दलसँग सम्बन्धित हो भन्ने खुलाउनुपर्ने हुन्छ । यसरी निर्वाचनमा सहभागी भएपछि त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुने व्यवस्था छ । संयुक्त रूपमा निर्वाचनमा सहभागी भएका अन्य दलको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरूलाई त्यही संसदीय दलको सदस्य मानिने कानुनी प्रावधान छ ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको विवरण, उम्मेदवारी दिने जिल्ला, पछिल्लो ५ वर्षभित्र महाधिवेशन भएको मिति र स्थान, दलको दर्ता मिति, महाधिवेशनबाट निर्वाचित र मनोनीत पदाधिकारीको नाम पेस गर्नुपर्ने हुन्छ । त्यस्तै दलको केन्द्रीय कार्यालयको चल–अचल सम्पत्ति विवरण बुझाएको मिति, सम्पत्ति विवरण केन्द्रीय कार्यालयमा अभिलेख राखे/नराखेको, दलको कार्यालयले सम्पत्ति विवरण पेस गर्ने र नगर्ने पदाधिकारी, सदस्यको नाम प्रकाशन गरे/नगरेको, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या पनि निवेदनमा खुलाउनुपर्ने हुन्छ ।

त्यस्तै दलले ०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । ०७६/७७ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पेस गर्दा गाभिनुपूर्वको प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । ०७७/७८ मा गाभिएर नयाँ कायम भएको दलले ०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा पुरानो अलग–अलग पार्टीको लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।

दल दर्ताका लागि निवेदन पेस गर्दा दलको विधान र नियमावली लोकतान्त्रिक हुने, कम्तीमा ५ वर्षमा एक पटक दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारी निर्वाचन भएको हुने, कार्यकारिणी समितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था गरिने सर्त पूरा गर्ने प्रतिबद्धता जनाएको पत्रसमेत पेस गर्नुपर्ने हुन्छ । दल दर्ता गर्न आयोगले उपलब्ध गराउने रुजुसूची भरेर प्रमुख पदाधिकारीले प्रमाणित गरी पेस गर्नुपर्ने हुन्छ । दल दर्ताको विवरण लिन आयोगमा छुट्टै डेस्कको व्यवस्था मिलाएको छ । निवेदन छानबिन गर्न कम्तीमा १० दिन लाग्ने आयोगले जनाएको छ ।

७४ मा निर्वाचन प्रयोजनका लागि आयोगमा ९५ दलले निवेदन दिएका थिए । निवेदन दिएकामध्ये समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालले माओवादी केन्द्रको चिह्न, राष्ट्रिय नागरिक पार्टीले शिव सेना नेपालको निर्वाचन चिह्न, पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले आधुनिक नेपाल पार्टीको चिह्न लिई निर्वाचनमा भाग लिएका थिए ।

निर्वाचनमा भाग लिन ९५ दलले निवेदन पेस गरेकामा आयोगले ९१ राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता गरी चिह्न प्रदान गरेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ राजनीतिक दलले मात्र भाग लिए । तीन महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६३ दलले मात्रै भाग लिएका थिए ।

सम्बन्धित पोस्ट
  • एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।
  • बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।

    पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।

    बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।

    गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।

    बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।

    मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।

    राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।

    सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    नेपालमा भूकम्पको धक्का महसुस ?

    उज्यालो समाचार

    एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।

    पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।

    बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।

    गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।

    बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑