काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु आज पनि छलफलमा जुट्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार(२६ भदौ) बिहान साढे ८ बजे नेताहरु छलफलमा जुट्ने भएका हुन्।
यसअघि शनिबार साँझ बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविनै सकिएको थियो।
जसपा नेता रामसहाय प्रसाद यादवले आइतबार बिहान साढे ८ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरू छलफलमा जुट्ने जानकारी दिए।
बाँडफाँट कार्यदलले बुझाएको अपुरो प्रतिवेदनसहित शीर्ष नेताहरुले भागवण्डाको टुंगो लगाउनेगरी छलफल अघि बढाएका छन्।
तर, दलहरु आ–आफ्नो अडानबाट पछि नहटेसँगै सहमति हुन सकेको छैन्। शनिबारको बैठकमा उपेन्द्र यादव उपस्थित भएका थिएनन्।
सम्मानजनक सिट नपाएको खण्डमा आफू गठबन्धनबाट बाहिरिने संकेत यादवले गरेका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com