काठमाडौ/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरले जिल्ला प्रसासनको ध्यानाकर्षण गराएको छ। जिल्ला कमिटी अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गरेको घटनामा संलग्न हुनेहरुलाई अबिलम्ब कारबाहीकाे दायरामा ल्याउन जिल्ला प्रसासनको ध्यानाकर्षण गराएको हो ।
आज एकीकृत समाजवादीको सिंगो जिल्ला कमिटिका सदस्य सहित प्रमुख जिल्ला अधिकारिलाई ध्यानाकर्षण पत्र बुझाउदै घटना घटेको ५ दिन हुदा समेत अपराधिक फेला नपर्नु गम्भिर हेल्चाक्राई भएको आरोप लगाएको छ। साथै भक्तपुरको शान्ति सुरक्षाको अबस्था माथिनै प्रश्न खडा भएको उसको ठहर छ । घटना घटेको दिननै प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादीले अपराधिलाई कारबाहीकाे दायरामा ल्याई अपराध न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गरिएको थियो ।
जिल्ला सचिब पुरुसोतम लामिछाने द्धारा हस्ताक्षरित विज्ञप्तिमा नेता र सामाजिक नागरिकलाई गरिने यस प्रकारको आक्रमणले सभ्य समाजका लागि नीन्दनीय कार्य भएको उल्लेख गरिएको छ। हतियारधारी चार पाँच जना व्यक्तिकाे समूहले समाजवादीका अध्यक्ष बस्नेतको घरमा प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको थियो।
नेकपा एकीकृत समाजवादीले ध्यानाकर्षण पत्र बुझाउदै यस्तो हतियारधारी समयमै पक्राउ गर्न नसके समाजमा अपराधिको मनोबल बढ्ने बताइएको छ। अपराधीलाई पक्राउ गर्न र कारबाहीकाे दायरामा ल्याउन ढिलाई गरे जिल्ला प्रसासन विरुद्ध कडा कदम चाल्न उसले ध्यानाकृष्ट गराएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com