• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: सोमबार ०५ जेष्ठ, २०८२
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
होमपेज /  मुख्य समाचार

आजदेखि दशैँ सुरु, घर-घरमा घटस्थापना गरिँदै


सुबाश चौलागाईं September 26, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । आज घटस्थापना । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ आजदेखि सुरु भएको छ । दशैँको पहिलो दिन आज घर-घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

विजयादशमीको दिन दुर्गालाई चढाएर टीका प्रसाद साथै समृद्धिको प्रतिक पहेँलो जमरा पनि ग्रहण गरिन्छ। जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा रामचन्द्र गौतम बताउनुहुन्छ । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको नेपाल पञ्चाग निर्णायक समितिले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

सम्बन्धित पोस्ट
  • शिक्षा विधेयकमा प्रतिवेदन बुझाएपछि नेपाल शिक्षक महासंघले जनायो असन्तुष्टि ।
  • १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदन प्रधान न्यायाधीको संयुक्त इजलासमा ।
  • काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    शिक्षा विधेयकमा प्रतिवेदन बुझाएपछि नेपाल शिक्षक महासंघले जनायो असन्तुष्टि ।

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदन प्रधान न्यायाधीको संयुक्त इजलासमा ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    करिब ४० जना विद्यार्थी सवार बसमा आगलागी, विद्यार्थीको सकुशल उद्धार

    काठमाडौँ महानगरमा ‘पूर्ण खोप सुनिश्चित अभियान’ सुरु — ५ वर्षमुनिका बालबालिकाको खोप स्थिति बुझ्न घर-घरमा अध्ययन

    भारतले पाकिस्तान प्रशासित कश्मीरको मुफ्फरबादमा गराएको हवाई आक्रमणले दक्षिण एसियामा फेरि चुलियो तनाव

    ईपीएस शाखामा धर्ना, विद्यार्थी माथि लाठीचार्ज, पत्रकारलाई समेत धम्की ।

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    लगातार परेको वर्षाको कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा ,उडान प्रभावित ।

    सामुदायिक विद्यालयमा जनप्रतिनिधि लगायतले आफ्ना छोराछोरीलाई , पठनपाठन गराउन निर्देशन

    रेडिंग नेपाली समाजको तेह्रौ महाधिवेशन सम्पन्न,अध्यक्षमा खड्का र महासचिबमा डा.पौडेल निर्बाचीत

    उज्यालो समाचार

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदन प्रधान न्यायाधीको संयुक्त इजलासमा ।

    करिब ४० जना विद्यार्थी सवार बसमा आगलागी, विद्यार्थीको सकुशल उद्धार

    भारतले पाकिस्तान प्रशासित कश्मीरको मुफ्फरबादमा गराएको हवाई आक्रमणले दक्षिण एसियामा फेरि चुलियो तनाव

    ईपीएस शाखामा धर्ना, विद्यार्थी माथि लाठीचार्ज, पत्रकारलाई समेत धम्की ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: ujyalosamachar@gmail.com

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑