भक्तपुर, Regional English Language Office (RELO), अमेरिकी दुतावास काठमाडौंकाे आर्थिक तथा शैक्षिक सहयोगमा अमेरिकी तालिम सहजकर्ताहरू/प्रशिक्षकहरू डा. टुङ्डे सेपेली, आस्ले टेसाराेलाे र जर्ज नियरिङले हिसान भक्तपुरको सहकार्यमा Integrated Development and Transformation (IDT) Nepal काे आयाेजनामा यही असाेज १३ र १४ गते थिमि स्थित टि बी अस्पतालसँगै रहेको स्वस्तिक कलेजमा Teachers Training on Pedagogy and Diversity in English Language Teaching विषयमा दुई दिने तालिम सफलतापूर्वक सम्पन्न गरियो । यस तालिममा हिसान भक्तपुर आवद्ध र अन्य विद्यालयका ३७ जना शिक्षक-शिक्षिकाकाे सहभागिता रहेको थियो । यस कार्यक्रम हिसान भक्तपुरका अध्यक्ष तथा माेडर्न स्कुल र कलेज सृजना नगर, भक्तपुरका प्राचार्य श्री अनिल कस्पालले स्वागत गर्दै स्वस्तिक कलेजको व्यवस्थापनकाे लागि धन्यवाद दिँदै तालिम शुरू भएको थियो भने तालिममा सहभागी सबै प्रशिक्षार्थीहरूलाई अमेरिकी दुतावास नेपाल RELO काे कार्यक्रम विशेषज्ञ श्री विश्वराज गाैतम, प्रशिक्षकहरू र हिसान भक्तपुरका अध्यक्ष श्री अनिल कस्पालद्वारा प्रमाणपत्र वितरण गरिएकाे थियो । तालिमको दाैरानमा IDT Nepal काे ACCESS Coordinator श्री मधुकर पाण्डेय र IDT Nepal काे तालिम संयाेजक दिपा सिलवालले विद्यार्थीहरूले घरमै बसेर कसरी अमेरिकी अनलाइन कक्षाहरू लिई प्रमाणपत्र प्राप्त गर्न सकिन्छ भन्ने बारेमा पनि प्रस्तुत गरिएको थियाे ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com