३० कात्तिक, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीमै फिर्ता ल्याइने बताएका छन् ।
बुधबार सत्तारुढ गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले कुनै पूर्वाधार नै नभएको ठाउँ दाङको भालुवाङमा प्रदेश राजधानी रहन नसक्ने जिकिर गरे ।
‘रुपन्देहीका जनतालाई थाहा नदिई कसैले राजधानी सार्छ भने बाटैबाट त्यो राजधानी सारेर फिर्ता ल्याइने छ’ खाँणले भने ।
दाङको भालुबाङमा राजधानी लैजाँदा सरकारको खर्बौं रकम खर्च हुने भएकाले उक्त निर्णय सच्याउनुपर्ने मन्त्री खाँणले बताए । ‘राजधानी तोक्ने अधिकार प्रदेश सभाको हो, त्यसलाई परीक्षण गर्ने र सच्याउने काम पनि प्रदेशसभाकै हो’, उनले भने, ‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा पूर्वाधार निर्माण, पानी, सिँचाइ, सडक, भवन बनाउँदा सरकारको खर्बौं रकम खर्च हुन्छ, यतिधेरै रकम खर्च गर्न सकिदैन ।’
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com