• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष ६, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।
  • २कारागारबाट छुटेपछि रवि लामिछानेको चेतावनी : ‘न्यायको लडाइँ अब सुरु हुन्छ’
  • ३रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
  • ४तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।
  • ५आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न
  • ६सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो
  • ७एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै
  • ८भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।
  • ९रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर
  • १०पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते
  • ११नेपाल प्रिमियर लिग (एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दै ।
  • १२विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
  • १३नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
  • १४दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का
  • १५धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

आफ्नै बुबाको मृत्युको समाचार लेख्न जाँदा |


दिपेश अधिकारी April 6, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बैतडी ,शुक्रबार बिहान बैतडीका पत्रकार कृष्ण विष्ट रेडियोको स्टुडियोमा समाचार पढ्दै गर्दा ट्याक्टर दुर्घटनाको खबर आयो। ८ बजेको समाचार पढेर उनी मोटरसाइकल चढेर घटनास्थलतर्फ हिँडे। पाटन नगरपालिका– ८ खोड्पेमा रहेको रेडियो सेभेनस्टारको कार्यालयभन्दा ६ किलोमिटर टाढा बैतडी–बझाङ सडकको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो। विष्ट घटनास्थल पुगेको करिब १० मिनेटसम्म मृतकबारे बेखबर थिए। सडकभन्दा ५० मिटर तल पल्टिरहेको ट्याक्टरसँगैको शवको सनाखत हुँदा मृतक पत्रकार विष्टका आफ्नै बुबा रहेको खुल्यो।‘घटनास्थलमा पत्रकार विष्टले फोटो खिचिसकेपछि मोबाइलमा समाचार लेख्न थाल्नुभयो,’ मोटरसाइकलमा सँगै गएका केशव जोशीले भने, ‘छिटो समाचार पठाउन मसँग मोबाइल हटस्पटबाट इन्टरनेट माग्दै गर्दा शवको सनाखत भयो।’
रेडियो सेभेनस्टारमा कार्यरत पत्रकार विष्ट अन्नपूर्ण दैनिक र एपी वान टेलिभिजनका बैतडी समाचारदाताा हुन्। ‘८ बजेको समाचार पढ्दै गर्दा दुर्घटनाको खबर आयो। समाचार सकेर उहाँ घटनास्थलतर्फ जानुभयो,’ विष्टका अर्का सहकर्मी तथा रेडियोका प्राविधिक नवीन अवस्थीले भने, ‘पछि थाहा भयो दुर्घटनामा विष्टले आफ्नै बुबा गुमाउनुभएको रहेछ।’समाचार ब्रेक गर्न हतारहतार घटनास्थल पुगेका विष्टले दुर्घटनामा बुबा गुमाएको थाहा पाएपछि समाचार लेख्न छाडेर भक्कानिए। केही समय उनलाई सम्हाल्नै गाह्रो भएको सहकर्मी अमर भट्टराईले बताए। यद्यपि, आफ्नै बुबा गुमाएको पीडालाई ‘पाखा लगाएर’ विष्टले सम्हालिँदै घटनाको रिपोर्टिङ गरे। दुःखको क्षणमा समेत विष्टले पत्रकारिताको आफ्नो भूमिका निर्वाह गरे।पाटन नगरपालिका– ८ को झौलेकमा बिहीबार राति से.२त ३६७८ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटनाको खबर भने शुक्रबार बिहान मात्र थाहा पाएको प्रहरी निरीक्षक नन्दराज जोेशीले बताए।
सुर्नयाँ गाउँपालिकाबाट फर्कँदै गरेको ट्याक्टरमा चालक राजेश चौधरीसहित पाटन– १० पनाली बस्ने पत्रकार विष्टका बुबा मानसिंह विष्ट पनि थिए। दुर्घटनामा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्ट
  • ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।
  • कारागारबाट छुटेपछि रवि लामिछानेको चेतावनी : ‘न्यायको लडाइँ अब सुरु हुन्छ’
  • रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
  • तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।

    कारागारबाट छुटेपछि रवि लामिछानेको चेतावनी : ‘न्यायको लडाइँ अब सुरु हुन्छ’

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै

    भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

    पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते

    उज्यालो समाचार

    ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।

    कारागारबाट छुटेपछि रवि लामिछानेको चेतावनी : ‘न्यायको लडाइँ अब सुरु हुन्छ’

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑