बेलायत । नेपालमा मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा गायिका आनी छोइङको कन्सर्ट आयोजना हुने भएको छ। मानव सेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको छ।
१५ सय दर्शक क्षमता रहेको बेलायतको एउटा प्रसिद्ध क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम तय भएको मानवसेवा आश्रम बेलायतका सचिव यादव श्रेष्ठले बताएका छन्। कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड लाग्नेछ।
सचिव श्रेष्ठले ७ जना सम्मिलित वाद्यवादकहरूको टिम पनि नेपालबाट आउने बताए। उनले नेपालमा दुःखी, गरिब असहायहरूको सेवाका लागि र जोखिममा रहेका मानवहरूको उद्धारका लागि कन्सर्ट आयोजना गर्न लागेको बताएका छन् पवित्र उद्देश्यका लागि गर्न लागिएको कार्यक्रम सफल बनाइदिन सबैमा श्रेष्ठले अनुरोध गरेका छन्।
परोपकारी संस्था मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ मानवसेवा आश्रम बेलायतले गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको हो ।
यस्तै, कन्सर्ट पश्चात मे १८ तारिख सम्म मानवसेवा आश्रमको सेवा र भावी योजनाहरुको बारेमा बेलायतमा रहेका मानवताप्रेमी उदारमनाहरुमा जानकारी गराउन एवं नेपालमा भईरहेको मानवीय सेवा सन्दर्भमा अन्तर्क्रिरया कार्यक्रमहरु लागि MEET & GREET कार्यक्रमको आयोजना गर्ने आयोजकको कार्यतालिका रहेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com