काठमाडौं। ‘मेमोरी किङ’ अर्पण शर्माले इंग्ल्यान्डको ग्लोबल बुक अफ एक्सिलेन्सबाट सम्मान स्वरूप सर्टिफिकेट अफ अनर प्राप्त गरेका छन्। स्मरणशक्ति प्रशिक्षणमा पुर्याएको योगदानको कदर गर्दै, ग्लोबल बुक अफ एक्सिलेन्सले उनलाई काठमाडौँमा आयोजित एक कार्यक्रममा यो अवार्ड प्रदान गरेको हो। यो सम्मानपत्रमा यूकेका अध्यक्ष म्यानुअल एन्टोनियो र भारतका अध्यक्ष मनीष कुमारको हस्ताक्षर रहेको छ।
बेलायतको ग्लोबल बुक अफ एक्सिलेन्सले समाजमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ। अर्पण शर्मालाई यो अवार्ड प्रदान गर्नुले उनको कडा परिश्रम र समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च सम्मान दिएको हो। उक्त संस्थाले शर्माको शिक्षणले मानिसहरूलाई सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै, उनलाई स्मरणशक्ति र ध्यानको क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिको रूपमा स्वीकार गरेको छ।
ललितपुरमा जन्मिएका शर्मा अहिले विश्वव्यापी मेमोरी ट्रेनरको रूपमा स्थापित भइसकेका छन्। स्मरणशक्ति र ध्यान प्रविधिको माध्यमबाट व्यक्तिको क्षमता विकास गर्ने उद्देश्यले उनी निरन्तर सेमिनारहरू सञ्चालन गर्दै आएका छन्। यसअघि उनले एक मिनेटमा ८३ वस्तुहरूको क्रम सम्झिएर विश्व कीर्तिमानी समेत बनाइसकेका छन्, जसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा अझै ख्याती दिलाएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com