बबिता परियार/ १० जेठ
भक्तपुर -१० बर्ष पुग्दा समेत निमार्ण हुन नसकेको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म सडक विस्तारको काम अझै निमार्ण सम्पन्न भएको छैन् ।
घाम लागेको समयमा धुलो र पानी परेको समयमा हिलो हुँदा सवारी चिप्लिने, खाडल पर्ने जस्ता समस्याले सर्वसाधारणलाई सास्ती भएको बताएका छन् ।
३ वर्षभित्र बाटो बनिसक्नु पर्ने भए पनि समयमै काम हुन नसक्दा सर्वसाधारणले दुःख पाइरहेका छन् ।दैनिक हजारौँको संख्यामा आवतजावत गर्ने यो सडक अहिले कुहिरिमण्डल हुने गरेको छ । धुलोका कारण सडक छेउमा बसोबास गर्ने स्थानीयलाई स्वास्थ्य समस्या आइरहेको स्थानीयले गुनासो गरिरहेका छन् । साथै यो सडक खण्ड प्रयोग गर्ने सवारीलाई पनि निकै सकस हुने गरेको छ ।
अरनिको राजमार्ग निर्माण भएपछि यो सडक खण्डको स्तरोन्नति गर्ने कुरा २०७२ सालदेखि सुरु भएको भए पनि विभिन्न कारण र समस्याका कारण ढिलो गरि वि.सं. २०७९ देखि मात्रै काम सुरु भएको थियो । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षिणी क्षेत्र बीपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन् ।
उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । सडक बिस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com