भक्तपुर – अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम । मनसुन भित्रीएसँगै रोकिएको छ । साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीय बासिन्दाको अवरोधका कारण चार महिनादेखि काम ठप्प भएको थियो । बर्षाको कारण रोकिएको काम पुनः मनसुन बाहिरेपछि काम नियमित गर्ने आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक कालोपत्र गरे पनि मनसुनका कारण थप सडक पक्की गर्न समस्या भएको खनालले बताउनु भयो । इन्जिनियर खनालका अनुसार सडक बिस्तारसँगै बनेपा क्षेत्रमा बिजुलीका झन्डै ५० वटा पोल हटाउनुपर्ने तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको छ । यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक छ लेनमा बिस्तारको काम समयमै नसकिने भएको छ ।
आयोजनाले बाँकी झन्डै छ महिनाको अवधिमा बिस्तारको काम नसकिने जनाएको हो । १६ किलोमिटर सडक स्तरोन्ततीको काम ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७९ साल पुषमा काम शुरु गरेको हो । दुई खण्डमा काम भइरहेकोमा अहिलेसम्म झन्डै ५० प्रतिशत काम मात्रै सकिएको आयोजनाले जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com