भक्तपुर – भोलिदेखि धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । धरहरा भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा खुल्ने भएको छ । शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताउनुभयो ।
अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको छ । अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने र शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने भएको छ । ०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि गएको असोज ३ गतेदेखि परिक्षणका रुपमा खुला गरिएको थियो ।
गएको मङ्सिर ९ गतेदेखि भने सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com