भक्तपुरको सूर्यविनायकमा दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । मंगलबार भक्तपुर नगरपालिका वडा नं. ४ स्थित भुलांचा चोकमा दुर्घटना हुँदा सो वृद्धको मृत्यु भएको हो ।मंगलबार बिहान ११ः२० बजे काठमाडौँबाट बनेपा तर्फ जाँदै गरेको बा. ५ ख. ४७८२ नं. को मयुर यातयातको बसले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका अनुसार मृत्यु हुने भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ लुँथान्बू बस्दै आएकी ७१ वर्षीय सुवर्णकेशरी श्रेष्ठ रहेकी छन् ।
घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटाईएको प्रहरी टोलीले ठक्कर दिने बस र चालक जिल्ला नुवाकोट शिवपुरी गाँउपालिका वडा नं. २ छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने बर्ष २८ को निल कुमार तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।बाटो काट्ने क्रममा बसले ठक्कर दिंदा गम्भीर घाइते भएका उनको उपचारको लागि भक्तपुर अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा मंगलबार ११ः३५ बजेको समयमा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको हो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com