भक्तपुर – वर्षा नभएर सिँचाइ र खानेपानीको सङ्कट उत्पन्न भएपछि मधेश प्रदेश सरकारले ’डीप बोरिङ’ जडान गर्ने योजना शुरू गरेको छ ।
प्रदेश सरकारले प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा हरेक वडामा एक वटाको दरले डीप बोरिङ जडान गर्ने योजना शुरू गरेको हो ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ मा रहेको परशुराम तलाउ क्षेत्रमा पहिलो चरणको जडान शुरू भएको मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले खानेपानीको समस्या विकराल बन्दै गएकाले सिँचाइभन्दा खानेपानीलाई प्राथमिकता दिएर ’डीप बोरिङ’ जडान कार्य शुरू गरिएको छ ।
खडेरीको चपेटामा परेको मधेशलाई प्रदेश सरकारले सुक्खा क्षेत्र घोषणा गरिसकेको छ भने सङ्घीय सरकारले पनि तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । प्रदेश सरकारले खानेपानी अभाव भएका क्षेत्रमा ट्याङ्कर तथा दमकलबाट निःशुल्क रूपमा पानी वितरण गरिरहेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com