भक्तपुर – भारत हुँदै गैरकानुनी रुपमा खाडी मुलुक पठाउन लागिएका ४० जना नेपाली महिलाको दिल्लीबाट उद्धार गरिएको छ। नेपाली दूतावास, नयाँ दिल्लीको पहलमा भारतीय सुरक्षाकर्मीको सहयोगमा उनीहरुलाई उद्धार गरी नेपाल फर्काइएको हो ।
दूतावासका अनुसार ती महिलालाई घरेलु कामदारको रुपमा खाडी मुलुक लैजाने प्रलोभन देखाई दलालहरूले भारत पु¥याएका थिए। अवैध रुपमा अन्तरदेशीय सिमाना पार गराउँदै तेस्रो देश जान लागेका महिलाहरुलाई समयमै पत्ता लगाएर रोकिनु ठूलो सफलता भएको दूतावासले जनाएको छ । “उनीहरूलाई गैरकानुनी रुपमा तस्करी गरिँदै थियो ।
खाडी मुलुकका विभिन्न शहरमा घरेलु कामदारका रूपमा पठाउने योजना दलालहरूको थियो,” दूतावास स्रोतले भन्यो, “भारतीय सुरक्षाकर्मी र दूतावासको समन्वयमा सबै महिलालाई उद्धार गरी नेपाल फर्काइएको हो ।” पीडित महिलाहरू हाल नेपाल आइपुगेका छन् र आवश्यक परामर्श तथा सहयोग प्रदान गरिने दूतावासले जनाएको छ । सरकारले मानव तस्करीविरुद्धको निगरानी अझ कडा बनाइने प्रतिबद्धता जनाएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com