विपिन ढुङ्गाना
२६ साउन सोमवार
भक्तपुर — अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मध्यपुर थिमीस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अगाडिको बस प्रतिक्षालयको छानो नहुँदा यात्रुहरू बर्खा र हिउँदमा असहज अवस्थामा गाडी कुर्न बाध्य भएका छन्।स्थानीय र लामो दुरीका यात्रीहरूका लागि मुख्य बस स्टपको रूपमा रहेको उक्त प्रतिक्षालयको छानो विगत ४ महिना देखि भत्किएको छ। जसका कारण बर्खामा पानीमा र हिउँदमा चिसोमा भिज्नुपर्ने बाध्यता सिर्जना भएको छ।
“छानो मर्मतको लागि न त नगरपालिका न त सम्बन्धित निकायले चासो देखाएको छ,” एक जना नियमित यात्रीले गुनासो गर्दै भने, “हामी यहाँ बस्दा पानीमा भिज्नुपर्ने हुन्छ, धेरै पटक समस्या भए पनि कसैले वास्ता गरेन।”स्थानीयहरूका अनुसार यो बस स्टप मध्यपुर थिमीको भीडभाड युक्त क्षेत्र भएकाले यहाँ दिनभर यात्रुहरूको भीड हुन्छ। तर छानो मर्मत नहुँदा यात्रुहरू खुलेआम आकाशमुनि गाडी कुर्न बाध्य छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com