भक्तपुर – सुनसरीको दुहबीमा नयाँ बन्दै निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र ठेकेदार र एक कामदार मृत अवस्थामा फेला परेका छन । स्थानीय प्रहरीले दिएको जानकारी अनुसार बुधबार आज बिहान १० बजे दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको हो ।
अचानक सम्पर्कविहीन भएपछि खोजतलास गर्दा उनीहरू सेफ्टी ट्यांकीभित्र अचेत अवस्थामा भेटिएका थिए । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृत फेला परेका तामाङ उक्त घर बनाउने पेटी ठेकेदार र राई कामदार हुन् ।
शव भेटिएपछि घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोलीले प्रारम्भिक अनुसन्धान अनुसार ट्यांकीभित्र अक्सिजनको कमी वा विषालु ग्यासको मात्रा बढि हुने भएको विज्ञहरुले बताएका छन र घटनाको थप अनुसन्धान भई रहेको डीएसपी खतिवडाले जानकारी दिए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com