• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ १०, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।
  • २६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।
  • ३रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।
  • ४काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।
  • ५आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।
  • ६“३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”
  • ७सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।
  • ८गहना लुट्न १६ दिनकी सुत्केरी भाउजूको हत्या – देवरकै झस्काउने बयान!”
  • ९बस र इभी गाडी ठोक्किँदा ७ जनाको ज्यान गयो, २४ जना घाइते।
  • १०डोटीमा जिप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु, ४ जनाको अवस्था गम्भीर ।
  • ११कैलालीमा नालामा फेला परिन् १९ वर्षीया सुत्केरी – शिशु जीवित, आमा मृत!”
  • १२भिजिट भिसा काण्ड बल्झिँदै: रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार।
  • १३काठमाडौँबाट जाँदै गरेको बस राति बाढीले बगायो-३८ यात्रु सकुशल ।
  • १४पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न नपाइने! – अदालतको स्पष्ट आदेश ।
  • १५डडेल्धुरामा शौचालय गएका १३ वर्षीय किशोरको सर्पदंशबाट ज्यान गयो ।

प्रतिनिधि सभा बैठक, २०८२ असार ०२ गते,

प्रतिनिधि सभा बैठक, २०८२ असार ०५ गते,

होमपेज /  मुख्य समाचार

महानगरपालिका मतपरिणाम ६ महानगरमा मेयरको मतान्तरमा महाफड्को,एमाले सबैमा पछाडी


उज्यालो समाचार May 25, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगिसकेको छ । स्थानीय तहको निर्वाचन २०७४ को तुलनामा यस पटकको निर्वाचनमा महानगरपालिका प्रमुखले भारी मतान्तर बढाउन सफल भएका छन् ।

कुन महानगरमा कसको कति मतान्तर ?
वीरगञ्ज महानगरपालिका : साढे २२ हजार मतान्तर
वीरगञ्ज महानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंह भारी मतान्तरसहित विजयी भएका छन् । सिंहले ४६ हजार २१५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय कुमार सरावगी २३ हजार ६७१ मतमा रोकिए । महानगर प्रमुखमा सिंह २२ हजार ५५५ मतान्तरले विजयी भए ।

उपप्रमुखमा विजयी नेपाली काँग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत पाए । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले ९ हजार ५६८ मतमात्रै पाए । उपमेयर आलमले २० हजार ५१० मतको फराकिलो अन्तरले जित हासिल गरे ।

वीरगञ्जमा २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रमुखमा उठेका राजेशमान तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीसँग पराजित भएका थिए । सरावगीले १९ हजार ३९३ मत ल्याउँदा राजेशमानले १२ हजार १६५ मत ल्याएर तेस्रो भएका थिए ।

भरतपुर महानगरपालिका : १२ हजारको मतान्तर

चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहाल विजयी भएकी छन् । उनले ५२ हजार ३० मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत पाए । रेनुले १२ हजार ४४९ मतान्तरमा जित हासिल गरेकी हुन् ।

उपप्रमुखमा निर्वाचित काँग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत पाइन् । अधिकारीले २२ हजार १९१ मतान्तरमा जित हासिल गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगर प्रमुखमा रेनु दाहाल झिनो मतान्तरले विजयी भएकी थिइन् । नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँग उनले जम्मा २०३ मतको अन्तरमा जित हासिल गरेकी थिइन् । अघिल्लो चुनावमा रेनुले ४३ हजार १२७ मत पाएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवी प्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए ।

ललितपुर महानगरपालिका : १८ हजारको मतान्तर

ललितपुर महानगर प्रमुखका लागि काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन फराकिलो मतान्तरले जीत हासिल गरेका छन् । उनले ४२ हजार ७२२ मत पाउँदा एमालेका उम्मेदवार भन्दा १८ हजार १६२ मतान्तरले विजयी बने । उनका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारबीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिबेला महर्जनले २४ हजार ६४२ मत पाएका थिए भने ब्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए । त्यतिबेला चिरीबाबु ३२६ मतान्तरले विजयी भएका थिए ।

पोखरा महानगरपालिका

कास्कीको पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजय बनेका छन् । उनले एमालेका उम्मेदवार कृष्णबहादुर थापाभन्दा ६ हजार ४५ मत बढी ल्याएर जीत हासिल गरेका छन् । आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा थापाले ५२ हजार ८४८ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेका मानबहादुर जिसी ६० हजार १११ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए ।

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला ३० हजार १७० मत पाएर विजयी भएका छन् । उनी ८ हजार ७१५ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत पाएका छन् ।

२०७४ सालको स्थानीय तह चुनावमा काँग्रेसका भीम पराजुली २३ हजार ३१ मत पाएर विजयी भएका थिए । उनले निकटतम प्रतिस्पर्धी एमालेका विनोद प्रसाद ढकाललाई ५ हजार ७१० मतान्तरले पराजित गरेका थिए । ढकालले १७ हजार ३२१ मत पाएका थिए ।

काठमाडौं महानगरपालिका : २० हजारको मतान्तर

काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५० हजार ३३९ मत पाएका छन् । मतगणना चलिरहँदा उनले झन्डै २० हजारको मतान्तर कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट प्रमुखमा निर्वाचित विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत पाएका थिए । उनले काँग्रेसका राजुराज जोशीभन्दा १९ हजार ६४४ मत बढी ल्याएका थिए ।

महानगरबाट बढारियो एमाले

२०७४ सालको स्थानीय तहको निर्वाचनमा देशका ६ महानगरमध्ये २ वटामा एमालेले जितेको थियो । काँग्रेसले २, माओवादी केन्द्रले १ र तत्कालीन संघीय समाजवादी फोरमले १ स्थानमा जित हात पारेका थिए । काँग्रेसले यसअघि जित हात पारेको ललितपुर र विराटनगर महानगर सुरक्षित गरेको छ । उता वीरगञ्जमा यसअघिको संघीय समाजवादी फोरम र हालको जसपाले पनि आफ्नो सिट जोगाउन सफल भएको छ ।

यस्तै माओवादी केन्द्रले भरतपुर महानगरपालिका पनि जोगाउन सफल भएको छ । एमालेले जितेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले र पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी हुने निश्चित भएको छ । महानगरपालिकाको नेतृत्वबाट एमाले बाहिरिन पुगेको छ ।

सम्बन्धित पोस्ट
  • रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।
  • काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।
  • आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।
  • “३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।

    आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।

    “३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”

    सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।

    गहना लुट्न १६ दिनकी सुत्केरी भाउजूको हत्या – देवरकै झस्काउने बयान!”

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।

    “३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”

    सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।

    उज्यालो समाचार

    विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।

    आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑