भदौ १, २०८२ आइतबार
बबिता परियार\
भक्तपुर – (यूएई) सरकारले संयुक्त अरब इमिरेट्सको विभिन्न जेलमा रहेका १ सय २० जना नेपाली श्रमिकले आममाफी पाएका छन । यूएई सरकारको हालैको निर्णयअनुसार कैदीबन्दीमाथि आममाफी घोषणा भएपछि उनीहरूलाई जेलमुक्त गरिएको छ ।
नेपालस्थित यूएई दूतावासका अनुसार, आममाफी पाउने नेपालीहरू मध्ये अधिकांश आप्रवासनसम्बन्धी कागजात समस्या, कामदार सम्झौता उल्लंघन तथा सामान्य आपराधिक मुद्दामा सजाय काटिरहेका थिए । आममाफी पछि उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फिर्ता पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ। दूतावासले यसलाई यूएई सरकारको मानवतावादी कदम भन्दै धन्यवाद व्यक्त गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आममाफी पाएका नेपालीको सूची संकलन भइरहेको र चाँडै उनीहरूको स्वदेश फर्कने व्यवस्था मिलाइने जनाएको छ। यसअघि पनि विशेष अवसरमा यूएई सरकारले विदेशी नागरिकहरूमाथि आममाफी दिँदै आएको छ। यसपटकको निर्णयले धेरै नेपाली परिवारलाई राहत मिल्ने अपेक्षा गरिएको छ । भने नेपाली दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले आममाफीको निर्णय गरेको नेपाली दूतावासले जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com