भदौ २३, २०८२ सोमबार ,उज्यालो समाचार सहकर्मी
बबिता परियार
भक्तपुर – माइतीघर मण्डलामा आज बिहानदेखि युवा पुस्ताले प्रदर्शन शुरु गरेका छन् । सामाजिक न्याय, सुशासन र उत्तरदायित्वको माग गर्दै उनीहरूले नारा जुलुस सहित शान्तिपूर्ण रूपमा आन्दोलित भइरहेका छन् ।
जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताहरुले स्वतः स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ ।
प्रदर्शनमा सहभागी युवाहरूले परिवर्तनको लागि आफ्नो पुस्ताले अगाडि बढ्नुपर्ने बताउँदै मुलुकमा देखिएका विभिन्न समस्या समाधानमा दबाब सिर्जना गर्ने उद्देश्य रहेको बताएका छन् ।
प्रदर्शनमा प्लेकार्ड, ब्यानर तथा विभिन्न संदेशसहित युवाहरूको बाक्लो उपस्थिति देखिएको छ । सुरक्षाकर्मीहरूले माइतीघर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com