२४ भदौ मंगलबार
बबिता परियार
भक्तपुर – राजधानीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन तीव्र बनेसँगै कलंकी र सातदोबाटो क्षेत्रमा आन्दोलनकारीहरूले टायर बाल्दै सडक अबरुद्ध गरेका छन ।
नयाँ पुसताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ । कफ्र्यु आदेशका बाबजुत पनि देशका धेरै ठाउँमा युवाहरुले प्रदर्शन गरिरहेका छन् ।
बिहानदेखि सुरु भएको प्रदर्शनका कारण यातायात अवरुद्ध भएको छ । भने सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । काठमाडौं उपत्यका तीनै जिल्लामा कफ्र्यु आदेश भए पनि सबै ठाउँमा प्रदर्शन भइरहेको छ ।उपत्यकामा चक्रपथभित्र कफ्र्यु आदेश जारी गरिएको छ । तर, प्रदर्शन रोकिएको छैन ।
ललितपुरमा रहेको सञ्चारमन्त्रीको घरमा आगजनी भइसकेको छ । सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा बिहानैदेखि प्रदर्शन भइरहेको छ ।
सातदोबाटो र कलंकीस्थित चक्रपथ सडकमै प्रदर्शनकालीले टायर बालेर प्रदर्शन गरिरहेका छन् । सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन ्। यद्यपि, प्रदर्शनकारीहरू सडकमा नारा लगाउँदै सरकारप्रति असन्तुष्टि प्रकट गरिरहेका छन् । टायर जलाउँदा वातावरण प्रदूषणसँगै धुवाँले वरपरका क्षेत्रमा असुविधा भएको छ । प्रदर्शनका कारण सार्वजनिक यातायात, निजी सवारीसाधन र व्यापारी गतिविधि प्रभावित भएका छन् । प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबैलाई संयमता अपनाउन आग्रह गरेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com