भक्तपुर, ८ असोज ।
दशैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारी क्षेत्रमा भेँडा र च्याङ्ग्राको बजार सुरु गरिएको छ। हरेक वर्षझैँ यसपालि पनि विभिन्न पहाडी र हिमाली जिल्ला बाट व्यापारीहरूले भेँडा–च्याङ्ग्रा ल्याएर बिक्री सुरु गरेका हुन्। दशैँमा परम्परागत रूपमा खसी–बोका मात्र नभई भेँडा र च्याङ्ग्राको समेत उच्च माग हुने भएकाले व्यापारीहरूले सल्लाघारीलाई मुख्य बिक्री केन्द्र बनाएका छन्।
उपभोक्ताहरू भने ताजा मासुको खोजीमा सिधै बजारमै पुगेर मोलमोलाइ गर्न थालेका छन्। व्यापारीहरूको भनाइअनुसार यस वर्ष भेँडा र च्याङ्ग्राको मूल्य गत वर्षको तुलनामा केही बढेको छ । तौलअनुसार प्रतिकेजी मूल्य १३ सय रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री निर्धारण हुने भए पनि उपभोक्ताको माग उच्च रहने भएकाले बजारमा भिड बढ्ने अनुमान गरिएको छ।
स्थानीय प्रशासनले भने उपभोक्ता ठगिन नदिन मूल्य नियन्त्रण र स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्ने जनाएको छ। साथै सल्लाघारीमा रहेका भेँडा र च्याङ्ग्रालाई पशु चिकित्सकले चेकजाँच गरेपछि मात्रै बिक्री गर्ने गरिएको उनले बताए । पशु सेवा विभागले असोज ६ गतेदेखि १५ गतेसम्म सल्लाघारीमा नै पशुपन्छीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । खाद्य संस्थानले भने यस वर्ष खसी, बोका, च्याङ्ग्राको बिक्रीवितरण नगर्ने जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com