भक्तपुर-(एनपीएल) क्रिकेटमा चितवनले राइनोज जनकपुर बोल्ट्सलाई १ सय ७७ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग त्रिवि क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ७६ रन बनायो । उसका डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले ।
मलानले ५४ बलमा सर्वाधिक ८० रन र साउदले ३९ बलमा ५२ रन जोडेका छन् । लगातार चार खेल हारेर अंकतालिकाको पुछारमा रहेको जनकपुरका लागि यो खेल जितेमा ‘प्लेअफ’ मा पुग्ने गणितिय सम्भावना मात्रै कायम रहेको छ।आजको खेल हारेमा जनकपुर एनपीएल क्रिकेटको दोस्रो संस्करणमा प्लेअफबाट बाहिरीने पहिलो टोली बन्नेछ । चार खेलमा यसअघि दुई खेल जितेको चितवनका लागि भने यो खेल जिते ‘प्लेअफ’ को सम्भावना बलियो बन्नेछ ।\
आजको दोस्रो खेलमा दिउँसो चार बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सले खेल्दैछन् । मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा अहिलेसम्म १९ खेल सम्पन्न भएका छन् । खेलमा अपराजित टोली सुदूरपश्चिम रोयल्स १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com