भक्तपुर – नेप्से परिसूचक आज १० दशमलव ८७ अङ्कले बढेर २ हजार ६ सय ३३ दशमलव ७६ विन्दुमा पुगेको छ । आज धेरैजसो समूहको शेयर बढेकोले उत्पादन समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ६१ प्रतिशतले उकालो लागेको छ । आज एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन वीन नेपाल लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति सोमवार ४ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ सय ४२ वटा कम्पनीका १ करोड १९ लाख कित्ता शेयर ५ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ । बजार सहभागिहरूका अनुसार आजको सकारात्मक प्रदर्शनले सामान्य लगानीकर्ता मनोबलमा सुधार ल्याएको देखिन्छ।
तर, आगामी सेसनहरूमा बजारमा उतार–चढाव रहन सक्छ र नीतिगत दिशा, विदेशी लगानी र समूहगत गतिविधिहरूले थप प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com