भक्तपुर – पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा बुधवार काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भई विभिन्न ठाउँमा वर्षा र हिमपात भएको छ । आज दिउँसो काठमाण्डौ उपत्यकामा पनि वर्षा भएको छ । काठमाण्डौमा २.२ ललितपुर र भक्तपुरमा समान ४.८ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ ।यस्तै रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर वर्षा भएको छ । बैतडीमा ३५.६ डडेलधुरामा ३३.२बाजुरामा ३०.२ मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ ।नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।
बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो जिल्लामा आज वर्षा भएको र ती जिल्लाका एक सय जति वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिसिमटरबीचमा वर्षा भएको पनि विभागको अभिलेखमा उल्लेख छ ।प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको जानकारी दिँदै मौसमविद् वरुण पौडेलले तराई र कोशीमा भने कम नै वर्षा हुने देखिएको बताउनुभएको छ । अहिले पछिल्लो एक घण्टामा भने गण्डकी प्रदेश र बागमती प्रदेशका जिल्लामा धेरै वर्षा भएको छ । आज रातिदेखि यो प्रणाली कमजोर हुने र बिस्तारै खुल्ने विभागले जनाएको छ । तर चिसो भने बढाउने र केही दिन बदली पनि रहने छ ।
आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।भोलि तराई भू–भागका धेरै ठाउँमा हुस्सुरकुहिरो रहने छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com