भक्तपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रधानमन्त्री पदका उम्मेदवार बालेन शाह यतिखेर तीव्र देश दौडाहामा छन्। परम्परागत दलहरूको बलियो पकड मानिने सुदूरपश्चिम प्रदेशमा उनको पछिल्लो भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
दुई दिने सुदूरपश्चिम भ्रमणका क्रममा शाहले १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पुगेर पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेका छन्। मंगलबार सुदूरपश्चिम पुगेका उनले कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमा कार्यक्रम गरे भने बुधबार पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा एक–एक निर्वाचन क्षेत्रमा पुगेर भेटघाट गरे।
बुधबार बिहान डडेल्धुरा पुगेका शाहले पार्टी कार्यालय तुफान डाँडामा स्थानीय नेता–कार्यकर्तासँग छलफल गर्दै सुदूरपश्चिमका समस्या, विकासको सम्भावना र वैकल्पिक राजनीतिको आवश्यकता विषयमा धारणा राखेका थिए। छलफलका क्रममा उनले राज्यको नजरबाट सधैं उपेक्षित बनेको सुदूरपश्चिम अब राष्ट्रिय राजनीतिमा केन्द्रमा ल्याउनुपर्ने बताएका थिए।
भ्रमणकै क्रममा शाहले सामाजिक सञ्जाल फेसबुकमा “सुदूर अब दुर छैन, झिक्कै माया तमीलाई” भन्ने स्टाटस लेखेका थिए। स्थानीय भाषाशैली मिसिएको उक्त अभिव्यक्ति छोटो समयमै भाइरल बन्दै सुदूरपश्चिमप्रतिको भावनात्मक सम्बन्ध र राजनीतिक सन्देशका रूपमा व्याख्या गरिएको छ।
यसैबीच, बिहीबार पनि शाहले सुदूरपश्चिम भ्रमणलाई निरन्तरता दिएका छन्। बझाङ, बाजुराको सदरमुकाम मार्तडी, अछामको मंगलसेन र साँफेबगर हुँदै डोटी जिल्लामा पुगेर उनले शुभेच्छुकहरूसँग भेटघाट गरेका फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्। ती दृश्यहरूले ग्रामीण क्षेत्रमा समेत रास्वपाप्रति बढ्दो चासो देखाएको टिप्पणी भइरहेको छ।
रास्वपा डोटी जिल्लाको पूर्विचौकी गाउँपालिका संयोजक टेक रावलका अनुसार शाह आज साँझ डोटी हुँदै काठमाडौं फर्किने तयारीमा छन्। उनले उज्यालो समाचारसँग कुरा गर्दै सुदूरपश्चिममा पार्टीप्रति अपेक्षाभन्दा बढी उत्साह देखिएको बताए। “जनताले विकल्प खोजिरहेका छन्, त्यो भावना स्पष्ट रूपमा भेटघाटमा देखियो,” रावलले भने।
सुदूरपश्चिममा बालेन शाहको सक्रिय उपस्थिति रास्वपाले राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिक प्रयासको हिस्सा हो। निर्वाचन नजिकिँदै जाँदा यस्ता दौडाहाले सुदूरपश्चिमको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com