
भक्तपुर –बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ गईरहेको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करीब १५० मिटर तल खसेको छ ।
घटनास्थलमा अहिले उद्धारको काम चलिरहेको छ । अध्याँरोका कारण उद्धारमा कठीनाइ भएको हाट स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी डम्मर कुँवरले बताए । दुर्घटनामा भएको क्षतिका बिषयमा एकीन विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ भने प्रहरी र स्थानीय मिलेर उद्धारको काम गरिरहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
घटनाका बिषयमा थप विवरण आउन बाँकी रहेको छ ।इलाका प्रहरी कार्यालय पाटन र ढोल्यामोड प्रहरीचौकीबाट समेत घटनास्थलका लागि प्रहरी टोली खटिएको प्रहरी निरीक्षक बडूले बताए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com