
भक्तपुर -धादिङको थाक्रेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे नजिकै १० किलोमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्।
धादिङको थाक्रे गाउँपालिकास्थित १० किलोमा दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५ ५२ नम्बरको बस र काठमाडौंबाट त्रिशुली जाँदै गरेको बागमती ००६ ख ५२०८ गरेको बस ठोक्किदा दुर्घटना भएको हो।
दुर्घटनामा १ जनाको मृत्यु भएको बताइएको छ। घाइतेको संख्या एकिन भइ सकेको छैन। दुई बस एक आपसमा ठक्कर खाइ अनियन्त्रित हुँदा दाङ बाट काठमाडौं आउदै गरेको बस स्थानीयको घरभित्र छिरेको छ।घरभित्र छिरेको बसको ठक्करबाट चिया पिउदै गरेका स्थानीयको मृत्यु भएको हो। अहिले घाइतेको उद्धार गरि काठमाडौं पठाइँदै गरेको घटनास्थल जाँदै गरेका जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com