भक्तपुर / काठमाडौँ महानगरको आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत स्वीकृत भएको छ । प्रमुख बालेन्द्र शाह (बालेन) ले अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति आज बसेको सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।
प्रमुख शाहको अध्यक्षतामा सभा सञ्चालन भएको थियो । उनले पहिलो बैठकमा ४१ बुँदामा आ. व. २०७८÷०७९ को वार्षिक समीक्षा गर्दै १६३ बुँदामा क्षेत्रगत नीति कार्यक्रम पेश गरेका थिए ।
सभामा पेश भएका नीति तथा कार्यक्रमका बारेमा वडा ३२ का अध्यक्ष नबराज पराजुली, वडा २३ का अध्यक्ष मचाराजा महर्जंन, कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनसहित ११ जना नगर सभा सदस्यले धारणा तथा सुझाव राख्नुभएको थियो । यसरी धारणा राख्नेहरुमा वडा ९ का सदस्य टेकराज अधिकारी र श्रीराम राई, वडा २९ का सदस्य सदस्य सन्तोष ढुङ्गेल, वडा २० का सदस्य शोभादेवी मानन्धर, वडा १८ का सदस्य रचना शर्मा, वडा ६ का सदस्य नरेन्द्रकुमार थापा थिए । यस्तै वडा ११ का सदस्य आशा श्रेष्ठ रौनियार र वडा २२ का सदस्य चन्द्रमान तुलाधर थिए ।
उनीहरुले एकीकृत सञ्चार ऐन तर्जुमा गर्नुपर्ने, राजस्व प्रशासन करमैत्री हुनुपर्ने, वडा भवन निर्माण गर्नुपर्ने, सुस्त श्रवणजस्ता समस्या हुनेका लागि दोभासेको व्यवस्था गर्ने, अपाङ्गमैत्री पैदल मार्ग बनाउने, विद्युतीय सवारीमा जोड दिने, रात्रीकालीन जीवनशैलीलाई व्यवस्थापन र सहज बनाउने, पार्किङ व्यवस्थापन गर्ने जस्ता विषयलाई नीतिमा थप गर्नुपर्ने सुझाव दिएका थिए ।
सुझावको उत्तर दिँदै प्रमुख शाहले, सुझावलाई नीतिमा समेटेर लैजाने यदि नीतिमा राख्न उपयुक्त भएन भने कार्यक्रममा समावेश गर्ने बताए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com