• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ ११, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।
  • २माधवकुमार नेपाल विशेष अदालतमा हाजिर ,पतञ्जलि प्रकरणमा बयान हुने ।
  • ३भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।
  • ४कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति
  • ५संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।
  • ६सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।
  • ७इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।
  • ८बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।
  • ९विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।
  • १०६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।
  • ११रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।
  • १२काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।
  • १३आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।
  • १४“३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”
  • १५सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।
होमपेज /  मुख्य समाचार

बागमती सरकार परिवर्तनको संकेत


उज्यालो समाचार June 30, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/बागमती प्रदेशमा हालसम्म तीन जना मुख्यमन्त्री बनिसकेका छन् । पछिल्लो समय प्रदेशले चौथो मुख्यमन्त्री पाउने चर्चा चल्न थालेको छ ।भागवण्डाअनुसार ६ महिनाका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भएका हुन् । प्रदेशमा ६/६ महिना सरकार चलाउने गरी भएको सत्ता गठबन्धनका दलहरूको भागवण्डाको विषयले फेरि चर्चा पाउन थालेको हो । अब बाँकी ६ महिना नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पाउने शर्त छ ।

बिहीबार प्रदेश सांसदले मुख्यमन्त्री पाण्डेको राजीनामाको माग्दै हस्ताक्षर संकलन गरिएका छन् । शुक्रबारभित्रमा कुरा टुङ्गो लाग्ने माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले बताए । सोहीअनुसार प्रक्रिया अघि बढिरहेको स्रोतको भनाइ छ ।भागवण्डाअनुसार मुख्यमन्त्री पाण्डेको समय अवधि समाप्त भएको छ । मुख्यमन्त्री पाण्डेले अब अरूलाई पालो दिनुपर्ने भन्दै गठबन्धनमै रहेका नेकपा माओवादी र नेपाली कांग्रेसका सांसदहरूले माग गर्न थालेका छन् ।
पहिलो मुख्यमन्त्रीका रूपमा २८ माघ २०७४ मा तत्कालीन प्रदेश प्रमुख अनुराधा कोइरालाले नेकपा एमालेका डोरमणि पौडेललाई नियुक्त गरेकी थिइन् । एमाले संसदीय दलका नेता पौडेलले बहुमतसहित ५८ जना सांसदको हस्ताक्षर भएको पत्र तथा नेकपा माओवादी केन्द्रबाट समर्थन पाएको पत्रसहित मुख्यमन्त्री नियुक्ति गर्न प्रस्ताव गरेपछि कोइरालाले पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रताव दर्ता भएपछि २ भदौ २०७८ मा उनले पदबाट राजीनामा दिए । उनले बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका ४५ सांसदले मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सो समयमा तत्कालीन मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका थिए ।
त्यसपछि आफ्नै मातहतको मुख्यमन्त्री राख्नका लागि २ भदौ २०७८ को राति नै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरियो । त्यति मात्रै होइन राति नै तत्कालीन प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंबाट पद तथा गोपनीयताको शपथसमेत खुवाइयो ।

प्रथम मुख्यमन्त्री पौडेलले नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएपछि माधवकुमार नेपाल पक्षकी शाक्यलाई अध्यक्ष केपी शर्मा ओली पक्षले दलको नेता चयन गरेको थियो । पौडेल स्वयंले शाक्यलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । दलको नेता भएपछि एमालेको सिफारिसमा संविधानको धारा १६८ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएकी शाक्यले मुख्यमन्त्रीको पद दुई महिना ८ दिन मात्रै सम्हाल्न पाइन् । १० कात्तिक २०७८ मा उनले प्रदेश प्रमुख प्रसाईंसमक्ष राजीनामा बुझाइन् ।

दोस्रो मुख्यमन्त्री शाक्यको राजीनामापछि बागमती प्रदेशको अर्का मुख्यमन्त्रीको रूपमा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डेले मौका पाए । ११ कात्तिक २०७८मा प्रदेशप्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेलगत्तै पाण्डेले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।

गठबन्धनमा रहेका माओवादीबाट २३, कांग्रेसबाट २२, एकीकृत समाजवादीबाट ११ र जसपाबाट एक गरी ५९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेको मुख्यमन्त्रीको पद पछिल्लो समय धरापमा परेको छ । ६/६ महिनाको लागि लिखित सम्झौता गरेका मुख्यमन्त्री पाण्डेको समय सकिए पनि पद छोड्न भने मन गरेका छैनन् ।

बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर उठेका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुने मुख्यमन्त्री पाण्डेले बताएका छन् । प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको समाचार प्रकाशित भएसँगै मुख्यमन्त्री पाण्डेले ट्विटरमार्फत त्यस विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका हुन् ।

सम्बन्धित पोस्ट
  • देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।
  • माधवकुमार नेपाल विशेष अदालतमा हाजिर ,पतञ्जलि प्रकरणमा बयान हुने ।
  • भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।
  • कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।

    माधवकुमार नेपाल विशेष अदालतमा हाजिर ,पतञ्जलि प्रकरणमा बयान हुने ।

    भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।

    बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।

    उज्यालो समाचार

    देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।

    भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑