बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
Bipin Dhungana
भक्तपुर — चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले ब्रेन हेमरेज भएपछि गम्भीर अवस्थामा ग्राण्डी अस्पतालमा भर्ना भएका सिटौलाको उपचारका क्रममा निधन भएको हो ।आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ः४५ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टर मार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौंको ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । सिटौला केही दिनदेखि अस्पतालको सघन उपचार कक्ष (आईसीयू)

