भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

 Bipin Dhungana

बबिता परियार/जेठ ८ भक्तपुर—नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजनामा र सूर्यविनायक नगरपालिकाको सहकार्यमा आयोजित मोबाइल पत्रकारिता (मोजो) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।कार्यक्रम उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरको समुन्नत विकासमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले सकारात्मक पत्रकारिताको अभ्यासलाई प्रोत्साहन गर्दै भने, “जनप्रतिनिधिले बनाएका नियम र जनताले तिरेको करको सही उपयोगमा सञ्चारकर्मीको निगरानी र सहयोग आवश्यक रहेको बताए । नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले पत्रकारिता लोकतन्त्रको चौथो अंग भएकाले अबको पत्रकारिताले प्रविधिसँग कदम मिलाउनुपर्ने बताइन्। उहाँले डिजिटल माध्यमको सदुपयोगका साथै त्यसबाट उत्पन्न हुने सम्भावित

अन्तरवार्ता, उज्यालो समाचार, शिक्षा, समाचार, समाज  संग सबंधीत छ |

नेपाल राष्ट्र बैंकको गभर्नर विश्व पौडेललाई नै बनाउने सहमति ।

 Bipin Dhungana

भक्तपुर- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच आज भएको छलफलमा नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट विश्व पौडेललाई नै बनाउने सहमति भएको छ । यसअघि कांग्रेस र एमालेबीच कसलाई गभर्नर बनाउने बिषयमा विवाद हुँदै आएको थियो । दुबै दलहरु बिचकको सहमति पछि आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको थियो । त्यस लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने भएको छ ।


कास्कीको सिनुवा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड भूकम्पको धक्का ।

 Bipin Dhungana

भूकम्प – मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा कास्की जिल्ला लगाएत अन्य जिल्लामा आज भूकम्पको गएको छ । कास्की, बाग्लुङ, तनहु पर्वतमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीकाले बताउनुभयो । उहाँका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प अनुसन्धान केन्द्रले जानकारी दिएको छ । कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।


पुर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट, न्यायाधीशद्वय ढकाल र सुवेदीको इजलासमा ।

 Bipin Dhungana

भक्तपुर-पुर्व गृहमन्त्री रवि लामिछानेको आज बन्दीप्रत्यक्षीकरणको रिटको पेसी तोकिएको छ । ६ पटकसम्म हेर्न नमिल्नेमा परेको पेसीे आज न्यायाधीशद्वय बालकृष्ण ढकाल र डा.नहकुल सुवेदी को इजलासमा परेको छ । उक्त रिटमा सोमबार लामिछानेका पक्षबाट बहस गर्ने वकिल न्यायाधीशका नातेदार परेपछि न्यायाधीशले पेशी हेर्न नमिल्नेमा राखेका थिए । लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी थुनामा राखिएको जिकिर सहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन् । रवि हाल उच्च अदालतको आदेशले जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् ।


गणतन्त्र ढाल्ने, प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिने लिङ्देनको चेतावनी ।

 Bipin Dhungana

जेठ १५ गते देखि सुरू हुने आन्दोलनले गणतन्त्र ढाल्ने र प्रधानमन्त्री ओलीलाई हेलिकप्टरबाट भाग्ने दिने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चेतावनी दिएका छन् । गणतन्त्र दिवसकै दिनबाट ‘गणतन्त्र ढाल्ने गरी निर्णायक आन्दोलन थाल्ने’ तयारीका लागि मंगलबार काठमाडौंका सबै स्थानीय तहमा अगुवा कार्यकर्ता भेला आयोजना भएको थियो । राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित राप्रपा सहितका राजावादी शक्तिहरूले जेठ १५ देखि ’निर्णायक आन्दोलन थाल्ने’ बताउँदै आएका छन् । सो कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने ‘सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकप्टरबाट भाग्ने मौका दिनुपर्छ । र अब हामीले गर्ने

राष्ट्रिय  संग सबंधीत छ |

उज्यालो समाचार

धम्कीपछि‘अलबिदा’ लेखेर हराएका डाक्टर सकुशल भेटिए“ ।

टी–२० सिरिजमा,पहिलो जितको खोजीमा नेपाल आज मैदानमा ।

“७ प्रदेश सरकारहरूको बजेट सार्वजनिक — २ खर्ब ८७ अर्ब, बागमती अग्रस्थान, गण्डकी न्यूनतम!”

रवि लामिछाने जेलमै, फेरि ठगी मुद्दा ५ करोड बढी बिगो दाबी ।

पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि बढ्यो, १२ बजेदेखि लागु हुने ।