(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
Bipin Dhungana
भक्तपुर -प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा, बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने भएका छन्। गोरखा जिल्लाको क्षेत्र २ बाट उम्मेदवारी दिएका भट्टराईले शुक्रबार आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले देशको अवस्था अझै संक्रमणमा रहेकाले प्रतिनिधिसभामा भन्दा जनतामाझ बसेर खबरदारी गर्ने, राजनीतिक दललाई सल्लाह सुझाव दिने बताए। देशलाई अग्रमनमा लैजान आवश्यक भूमिका निर्वाह गर्ने जिकिर समेत उनले गरेका छन्।हाम्रा राज्यका अङ्गहरू असाध्यै कमजोर प्रकृतिको रहेको भन्दै उनले भदौ २४ को घटनाले यो कुरा देखाएको बताए।तिनको सुधार गर्ने कामहरू बाँकी

