• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष ४, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
  • २तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।
  • ३आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न
  • ४सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो
  • ५एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै
  • ६भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।
  • ७रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर
  • ८पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते
  • ९नेपाल प्रिमियर लिग (एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दै ।
  • १०विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
  • ११नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
  • १२दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का
  • १३धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • १४हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • १५‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

भक्तपुरको तीन नगरमा कांग्रेस र एकमा नेमकिपाको अग्रता


उज्यालो समाचार May 14, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नेपाली कांग्रेसले र भक्तपुर नगरमा नेमकिपाले अग्रता लिएको हो । राति १ बजेदेखि मतगणना सुरु गरिएको सूर्यविनायक नगरको वडा नं १ सिरुटारको मतगणनामा नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार वासुदेव थापाले ४२८ मत प्राप्त गरेका छन् ।  यस्तै सूर्यविनायकको उपप्रमुखमा एमालेको उम्मेदवार सरिता भट्टराईले ४३२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का श्यामसुन्दर बस्नेत २२६ मतसहित प्रतिस्पर्धामा छन् । वडाध्यक्षमा एमाले ३९०, कांग्रेसले २७० र राप्रपाले ३०६ मत प्राप्त गरेका छन् । त्यसैगरी चाँगुनारायणमा धेरै विवादकाबीच बिहान ११ः३० बजेबाट वडा नं १ र २ बाट सुरु भएको मत गणनाअनुसार नेपाली कांग्रेसले सुरुदेखिनै अग्रता लिएको छ । चाँगुनारायण नगरको पछिल्लो मतगणना अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले १२९ मत प्राप्त गर्दा एमालेका वीणा बाँस्तोलाको १२० मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा एमालेका रमेश बुढाथोकीको १२९ मत आउँदा कांग्रेसका सुभद्रा काफ्लको ११४ मत प्राप्त गरेका छन् । वडाध्यक्षतर्फ दुबै वडामा एमालेले अग्रता लिएको जनाइएको छ । निर्वाचन अधिकृतको व्यवस्थापनको कमजोरीका कारण हिजोनै मतगणना सुरु गर्ने भनिए पनि आज ढिलो गरी मतगणना सुरु भएको बताइएको छ । यस्तै मध्यपुरथिमि नगरको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले एक हजार १४० ल्याउँदा एमालेका मदनसुन्दर श्रेष्ठले ८२२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेका उत्तरा नेपालले ९५७ मत ल्याउँदा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ७६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडाध्यक्षतर्फ वडा नं १ का नेपाली कांग्रेसको १ हजार ७५ मत र एमालेको ८२६ मत प्राप्त गरेका छन् । यी तीनवटै नगरपालिकामा नेपाली कांग्रेस र एमालेको प्रतिस्पर्धा भइरहेको छ भने मतगणना जारी रहेको जनाइएको छ । त्यस्तै नेमकिपाको पक्कड मानिएको भक्तपुर नगरमा भने एकै पटक तीन वटा वडाबाट मतगणना सुरु भएको छ । जसमा नगर प्रमुखमा नेमकिपाको सुनिल प्रजापति दुई हजार १५ मत, एमालेका रवीन्द्र लाछिमस्युले १५९ मत तथा उपप्रमुखमा नेमकिपाको रजनी जोशीले दुई हजार १७ मत र एमालेको रञ्जना खर्बुजाले १५७ मत प्राप्त गरेका छन् । भक्तपुरको चारवटै स्थानीय तहमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
  • तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।
  • आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न
  • सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै

    भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।

    रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

    पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

    पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते

    उज्यालो समाचार

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑