काठमाडौं : देशका ७५३ मध्ये ७०२ स्थानीय तहले नयाँआर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गरेका छन्। उनीहरूले आ–आफ्नो गाउँ\नगर सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेका हुन्।
नेपाल नगरपालिका संघले २९३ मध्ये २६७ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका जनाएको छ। २६ नगरपालिकाको बजेट आउन बाँकी छ । बाजुराको बुढीगंगामामा भने निर्वाचन नै हुन बाँकी छ।
बजेट पेस गर्न नसकेका पालिकाहले केही दिनमै सभा सुरु गर्ने जानकारी प्राप्त भएको महासंघको भनाइ छ। नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले नीति तथा कार्यक्रम र बजेट तयारीका लागि छोटो समय रहेका कारण केहीले बजेट ल्याउन नसकेको महासंघले जनाएको छ।
गाउँपालिका महासंघका अनुसार ४६० मध्ये ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गरेका छन्। बाँकी २५ मध्ये ६ वटा गाउँपालिकामा सम्पर्क नै हुन नसकेको महासंघले जनाएको छ। १९ गाउँपालिकामा भने सभाको अधिवेशन नै सुरु भएको छैन।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com