• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ कार्तिक २३, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • २ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • ३नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।
  • ४एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • ५पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।
  • ६बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • ७गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।
  • ८बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।
  • ९मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।
  • १०राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।
  • ११सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।
  • १२आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • १३जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।
  • १४मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।
  • १५आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठक सकियो वाम एकताको ढोका खुला


उज्यालो समाचार June 29, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/एमालेबाट नौ महिनाअगाडि अलग भई बनेको एकीकृत समाजवादीले वाम शक्तिहरूसँग एकताको ढोका खुला गरेको छ । करिब १५ सय नेता सहभागी केन्द्रीय परिषद्को प्रथम बैठकले वाम एकताका लागि वार्ताको ढोका खुला राख्ने निष्कर्ष निकालेको हो । यद्यपि, पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता भएको बैठकको ठहर छ ।
सम्मानित नेता झलनाथ खनालले पाँचदलीय गठबन्धन तोड्नुपर्ने आवश्यकता नरहे पनि वाम एकताको वार्ता खुला राख्ने निर्णय भएको बताए । ‘आमकार्यकर्ताको भावना र मुलुकको आवश्यकता वाम एकता हो । सबैसँग वार्ताको ढोका खुला गर्ने, कहाँ, कोसँग वार्ता गर्दा एकता सम्भव हुन्छ, त्यही गर्ने हो’, उनले भने, ‘यद्यपि, पाँचदलीय गठबन्धन तोडिहाल्ने आवश्यकताचाहिँ छैन ।’
समूहगत छलफलमा उठेका प्रश्नको जवाफमा अध्यक्ष माधव नेपालले पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता भएको, सम्मानजनक गठबन्धन गर्ने गरी पहल हुने र अन्य विकल्पमा समेत पार्टी खुला रहने बताएका थिए । ‘पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता हो । तर, सबै पक्षसँग छलफल गर्न तयार छौँ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
माधव नेपाल, अध्यक्ष, एकीकृत समाजवादी
अब हाम्रो सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुन्छ । आगामी चुनावबाट नै हाम्रो भविष्य निर्धारण हुनेछ । सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्नुपर्छ । वडास्तरसम्मै संगठनलाई सशक्त बनाउनुपर्छ । पार्टी र सबै जनसंगठन संगठन निर्माण र विस्तारमा लाग्नुपर्छ ।

बैठकले कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि एकताबद्ध हुन आह्वान गरेको छ । ‘माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा सही विचार र राजनीतिक कार्यदिशा अँगालेको, तर विभिन्न पार्टी र समूहमा विभक्त भई क्रियाशील रहेका कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई कम्युनिस्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकताबद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न यो बैठक सबै क्रान्तिकारीहरूमा हार्दिक अपिल गर्दछ,’ पारित १५ बुँदे समसामयिक प्रस्ताव छ ।

एकताका लागि कुनै दलविशेषको नाम समाजवादीले लिएको छैन । ‘एमालेलाई आवाह्न गर्नुपर्ने कुरै छैन । हामी नै वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्छौं भन्ने हो । राजनीतिक संवाद नै नहुनेसँग के कुरा भयो र ? उससँग (एमाले) एकता वा गठबन्धनको कुरा अगाडि बढाउनका लागि पहिला उसले गल्ती स्विकार्नुपर्छ । त्यसपछि छलफल हुन सक्छ,’ एमालेसँग एकताको विषयबारेको जिज्ञासामा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।

बैठकले प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सर्वभौमिकतामा प्रहार हुन सक्ने स्थितिप्रति सजग रहँदै वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका दलसहित सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन पनि आह्वान गरेको छ ।

सम्बन्धित पोस्ट
  • काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।
  • एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

    ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

    नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।

    एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।

    पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।

    बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।

    गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।

    बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    नेपालमा भूकम्पको धक्का महसुस ?

    उज्यालो समाचार

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

    ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

    नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।

    एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।

    पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑