• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण ३, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • ११८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।
  • २पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।
  • ३नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।
  • ४आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।
  • ५भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।
  • ६२४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।
  • ७खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।
  • ८आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा
  • ९सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।
  • १०आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • ११रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • १२सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • १३कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • १४आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • १५प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
होमपेज /  मुख्य समाचार

सूचनाको हक र सकारात्मक सोचसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


उज्यालो समाचार July 2, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/ ‘सूचनाको हक र सकारात्मक सोच’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा भक्तपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा सञ्चारकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारी समेत गरी करिब ७० जना सहभागी भएका थिए ।

कार्यक्रममा सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले सूचनाको हकको सम्बन्धमा प्रस्तुति दिएका थिए । उनले सूचनाका हक अन्तर्गत सूचना माग्ने र पाउने अधिकार मात्रै नपर्ने उल्लेख गर्दै त्यसलाई अध्ययन गर्ने र सकारात्मक रुपले ग्रहण गर्नसक्ने अवस्थामा मात्रै यसको वास्तविक रुपमा यसको उपलब्धि देखिने बताए ।

सूचनाको हक लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै पोखरेलले २०४७ सालको प्रजातन्त्रको मुख्य कमजोरी सूचनाको हकको प्रत्याभूति गर्न नसक्नु रहेको बताए । २०६२/६३ को जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएलगत्तै २०६४ सालमा सूचनाको हकसम्बन्धी ऐन आउनु नयाँ व्यवस्थाको महत्वपूर्ण पक्ष भएको उनले बताए ।

सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक सार्वजनिक निकायलाई २० बुँदे ढाँचामा ३/३ महिनामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै थप सूचनाका लागि सम्बन्धित व्यक्तिले जहिलेसुकै सूचना माग गर्नसक्ने उल्लेख उनको भनाइ छ । त्यसरी सूचना नपाएमा सूचना आयोगमा पुनरावलोकन उजुरी दिनसक्ने व्यवस्था रहेकोले यसलाई प्रयोग गरेर सार्वजनिक क्षेत्रलाई पारदर्शी बनाउन सहयोग गर्न सकिने उनले बताए ।

सो कार्यक्रममा सकारात्मक सोचसम्बन्धी विषयमा रमण भट्टराई नेपालीले प्रस्तुती दिएका थिए । उनले सकारात्मक सोचाइका लागि शरीर र मन दुवैबाट सकारात्मक उर्जा सिर्जना गर्नुपर्ने उल्लेख गरे ।

कुनै पनि व्यक्तिले प्रत्येक दिन सकारात्मक क्रियाकलाप र व्यवहारलाई निरन्तरता दिने हो भने त्यस्तो व्यवहार बानीको रुपमा परिणत हुने उल्लेख गर्दै उनले यसले दीगो रुपमा सकारात्मकताको विकास गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले सूचनाको हक कार्यान्वयनमा नगरपालिका यसअघिदेखि नै प्रतिवद्ध रहेको र यो निरन्तर रहने बताए । उनले सूचनाको हकसँगै जोडिएर आएको ‘सकारात्मक सोच’ विषयक प्रस्तुतीले सकारात्मक ढंगबाट सूचनाको आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले सञ्चारकर्मीको व्यवसायिक क्षमता विकासमा काम गरिरहेको उल्लेख गर्दै त्यसैको निरन्तरतास्वरुप कार्यक्रमको आयोजना गरिएको बताए । त्यस्तै, सकारात्मक सोचको विकासले व्यक्तिगत र सार्वजनिक जीवनमा महत्वपूर्ण भूमिक खेल्ने उल्लेख गर्दै सूचनाको हकसँग यो विषय परिपूरक रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकीले एउटै विषयलाई सोच्ने तरिका फरक फरक हुनसक्ने भन्दै आधा गिलास पानीलाई ‘आधा गिलास भरी’को रुपमा बुझ्न कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चा‌ैलागाईले पनि सकारात्मक सोच र मानव कल्याण समाजका बारेमा प्रष्ट पारेकी थिइन् ।

सम्बन्धित पोस्ट
  • १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।
  • पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।
  • नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।
  • आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।

    नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

    २४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।

    खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    उज्यालो समाचार

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।

    नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑